हातहतियार सहित ६ जना पक्राउ

31

विभिन्न हातहतियार सहित ६ जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका–८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कड सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका–३ च्याङ्ग्रेका विकास राई किराँती र सुरभजंग क्षेत्री भन्ने योगराज कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारी जाँच गर्दा उक्त हातहतियार सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको बताएको छ ।

त्यस्तै, उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्र बहादुर तामाङ र कृष्ण बहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरूसँगै रही हाल फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका–१ सिलिलिङका अरुण भन्ने ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले हातहतियार लुकाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।

कपिलवस्तु, बिजयनगर गाउँपालिका–१ नेउलागंज बस्ने ४९ वर्षीय जोखु थारुलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले जोखुको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम