बलात्कारको घटना मिलापत्र गराउनेलाई ३ वर्ष कैद सजाय हुने

12

अब बलात्कारको घटनाको मिलापत्र गराउनेलाई समेत सजायको व्यवस्था हुने भएको छ । सरकारले त्यससम्बन्धी कानूनको संशोधन गर्न लागेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले बलात्कारको घटनामा मिलापत्र गराउनेलाई तीन वर्ष कैद सजाय हुने कानून संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश आजै राष्ट्रपति कार्यालयमा पठाइएको छ । राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि कानून बन्नेछ ।

देशमा कतिपय बलात्कारको घटना मिलापत्र गराइएको र पीडितमाथि अन्याय भएको विषय बाहिर आएपछि सरकारले सजायको कानून बनाउने निर्णय गरेको हो । मिलापत्रपछि पीडितले आत्महत्या गरेको घटना समेत खुलेको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम