काठमाडौंमा आज ११०७ जनामा संक्रमण पुष्टि

10

काठमाडौं, ५ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ११ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय ४५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ११ सय ७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १० हजार ३ सय ४० जनाको पिसीआर परिक्षणमा १९ सय ४५ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ५३६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ९१ हजार २ रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ११ सय ७ जना मध्ये ४८४ महिला र ६२३ पुरुष रहेका छन् ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम