सचिवालय बैठकमा ओली सहभागी भई प्रचण्डको प्रस्ताव फिर्ता लिन आग्रह गर्ने

11

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी भई प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्ने भएका छन् । यसअघि बैठक राख्न नमानेका ओली आफ्नो अर्को प्रस्तावसहित प्रस्तुत हुन लागेको बुझिएको छ ।

ओलीले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म सचिवालय बैठक नडाक्ने अडान लिएका थिए । तर, पार्टीभित्र यसले थप संकट आउने भएपछि लचिलो भई बैठकमा सहभागी भई प्रचण्डको प्रस्ताव फिर्ता लिन आग्रह गर्ने भएका हुन् ।

नेकपा बैठक राख्ने र नराख्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको टकरावले पार्टी एकता नै संकटमा परेको छ । नेकपा फुटको संघारमा पुगेपछि नेताहरुलाई अडानबाट पछि हटेर लचिलो बन्न दबाब बढेको छ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम