कंगना रनौटले बाइडेनको भविष्यवाणी गर्दै भनिन्, १ वर्ष टिक्ने !

52

एजेन्सी, २४ कात्तिक । अमेरिकाको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले जीत हासिल गरेका छन् । विश्वभरका मानिसहरुले बाइडेनलाई बधाई दिइरहेका छन् । बलिउड कलाकारहरुले पनि बाइडेन राष्ट्रपति बनेकोमा प्रतिक्रिया दिइरहेका छन् ।

हरेक विषयमा आफ्नो भनाई राख्ने कंगना रनौटले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन र निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको जीतमा प्रतिक्रिया दिएकी छिन् । कंगनाले बाइडेनप्रति केही कुराहरु राखेकी छन् भने कमला ह्यारिस उपराष्ट्रपति बनेकोमा खुशी व्यक्त गरेकी छिन् ।

जो बाइडेनको विजयप्रति कंगनाले लेखेकी छिन्, बाइडेनप्रति पुरै तरिकाले म निश्चित छैन्, जसको डाटा हरेक ५ मिनेटमा क्र्यास हुन्छ । यति धेरै औषधिका इन्जेक्शन उनको शरीरमा दिइएको छ त्यसकारण उनले १ वर्ष भन्दा धेरै टिक्न पाउछन् वा पाउँदैनन् ।’ उनले कमला ह्यारिसको बारेमा विश्वास गर्दै लेखेकी छिन्, ‘एक महिला उठेमा अरु महिलाको लागि पनि बाटो तय हुनेछ । यस ऐतिहासिक दिनको अवसरमा चियर्स ’

बाइडेनलाई कंगनाले गजनीसँग पनि तुलना गरेकी छिन् । गजनी र डाटा क्र्यासको अर्थ बाइडेनको दिमागसँग सम्बन्धित छ । कंगनाले बाइडेनमाथि फिल्म गजनीमा जस्तै धनि भएपछि सबै भुल्ने पनि आरोप लगाएकी छिन् । उनले बाइडेनको जीतमा कोही खुशी छैनन् भन्दै कमला ह्यारिसको जीतमा सबै खुशी भएको बताएकी छिन् ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम