वडा अध्यक्ष तामाङको मृत्यु

43

सोलुखुम्बु : सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामााङको निधन भएको छ । वडा अध्यक्ष तामाङको मंगलबार विहान सल्लेरीमा करेन्ट लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्लाका प्रहरी प्रमुख डिएसपी टेकुनन्द ईवा लिम्बुकका अनुसार विहान ८:३० बजे रड बोकेर सल्लेरी स्थित आफ्नै घरको छतमा जाने क्रममा करेन्ट लागेर भुईमा खस्नुभएको थियो ।

उहाँको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । ३९ बर्षिय वडा अध्यक्ष तामााङ सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी स्थित आफ्नै घरमा बस्दै आउँनुभएको थियो । फलामको लामो रड बोकेर छतमा जाने क्रममा रडले विद्युतको तारमा छुदा करेन्टर लागेको प्रहरीले जनाएको छ । तामााङको शवलाई अहिले फाप्लु अस्पताल फाप्लुको शव गृहमा राखिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम