१ सय १० दिनसम्म निःशुल्क चिया र खाजा दिए खुम्बुबासीले

20

२७ खगिन्द्रराज बास्तोला

साउन, सोलुखुम्बु । बाटो निर्माण गर्दा निशुल्क वा जनश्रमदान भयो भने बढीमा कति होला ? एक दिन वा बढीमा पाँच दिन ? यो प्रश्नको उत्तरलाई उल्टाउन सफल भएका छन् खुम्बुबासी । खुम्बुपासाङ्गल्हामू गाउँपालिका ३ मा ८ सय मिटर लामो बाटो निर्माणका क्रममा १ सय १० दिनसम्म निशुल्क खाजा प्रदान गरेर खुम्बबासीले पुनः नयाँ उदाहरण पेश गरेका हुन् ।

खुम्बु पासाङल्हामुगाउँपालिका ३ घाटदेखि तेका गाउँ जाने बाटो निर्माण कार्यका क्रममा स्थानियले १ सय १० दिनसम्म कामदारलाई चिया, खाजा तथा तरकारी निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत चौँरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आ. व. २०७६÷७७ को योजना तथा कार्यक्रम अनुसारको विकास बजेटबाट सो बाटो निर्माण कार्य सम्पन्न भएको हो ।

चोमोलोङ्मा मध्यवर्ती क्षेत्र उपभोक्ता समूह, घाटले ३० लाख रुपैंयाको लागतमा सो बाटो निर्माण भएको अध्यक्ष आङनुरु शेर्पाले जानकारी दिए ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम