कृषिमा सुधारका लागि आधुनिक उपकरण बितरण

70

२२ साउन, सोलुखुम्बु । कृषिमा आधुनिकीकरण ल्याउन अहिले सरकारले बिभिन्न योजनाहरु ल्याईरहेको छ । कृषिमा नयाँ प्रविधिको प्रयोग, सुधारिएको बिउबिजन, अग्र्यानिक खेती लगायतमा प्रोत्साहन लगायतका कार्यहरु पछिल्लो समय मौलाउन थालेको छ ।

यसै अभियान अन्र्तगत सोलुखुम्बु जिल्लामा पनि बिभिन्न कृषि क्रियाकलाप हुने गरेको छ । जिल्लामा कृषिको क्षेत्रमा कृषि ज्ञान केन्द्र, बागवानी केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कार्य गर्दै आएको छ । यी तीन वटा कार्यालयले आफ्नो कार्ययोजना अनुसार कृषिको क्षेत्रमा बिभिन्न कार्यक्रम तथा लगानी गर्दै आएको छ । यसको प्रभावकारिताका बिषयमा खासै सुक्ष्म अध्ययन नभएता पनि कृषकहरुले सुविधामा केही फरक महसुस गरेका हुन सक्छन् । तथापि यस अभियानमा सबै कृषक सहभागि भएका छन् त ? वा पहुँचवालाहरुको मात्र हालिमुहाली छ ? यसको पनि अध्ययन हुन आवश्यक चाँही छ ।

समग्रमा जिल्लाका कृषकले ढिलोचाँडो उपलब्ध सुविधा तथा सामाग्रिको प्रयोग गर्न पाउनेमा कृषि ज्ञान केन्द्र विश्वस्त छ । यो अभियान अन्र्तगत नै अहिले कृषि ज्ञान केन्द्र सोलुखुम्बुले बिभिन्न आधुनिक कृषि औजार कृषकहरुलाई अनुदान स्वरुप उपलब्ध गराउँदै आएको छ । केन्द्र अघिल्लो आर्थिक बर्षको स्विकृत कार्यक्रम अन्र्तगत ९९ वटा हाते ट्रयाक्टर, ३१ वटा धान तथा गहुँ चुट्न प्रयोग हुने थ्रेसर मेसिन, १३ वटा धान, गहुँ तथा घाँस काट्न प्रयोग गरिने ब्रस कटर औजार वितरण गरेको छ । केन्द्रका निमित्त प्रमुख कुलबहादुर राईका अनुसार ५ जना कृषकलाई मकै छोडाउने मेसिन, ४ जनालाई विद्युतीय पाइडल थ्रेसर मेसिन वितरण गरिएको छ ।

समाग्रि बितरण कार्यक्रम अन्र्तगत बिहिबार पनि बिभिन्न क्षेत्रका कृषकहरुलाई हाते ट्रयाक्टर बितरण गरेको छ । प्रदेश नं. १ का सदस्य तथा नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीद्धारा आधुनिक उपकरण कृषकहरुलाई वितरण गरिएको हो । कार्यक्रममा सांसद राजभण्डारीले किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको बताए । किसानले मेसिनको भरपुर उपयोग गर्दै आर्थिक उपार्जन गर्नु पर्नेमा जोड दिँदै राजभण्डारीले कृषि क्षेत्रलाई अगाडि बढाउनका लागि सक्दो सहयोग गर्ने आश्वासन कृषकलाई दिए ।
सो सामाग्रिहरु कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लगानीमा वितरण गरिएको केन्द्रले जनाएको छ । कृषिमा यान्त्रिकरण गर्ने योजना अन्तर्गत हाते ट्रयाक्टर वितरण गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जनाए ।

प्राप्त कृषि यन्त्रहरुले कृषि कार्यमा निकै सहज हुने किसानहरुले बताएका छन् । आधुनिक मेसिनले काम गर्दा समयको बचत हुनुका साथै सजिलै काम गर्न सकिने तिङ्लाका किसान जस बहादुर राईले बताउनु भयो ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम