४३ लाखभन्दा बढी रकम सहित जुवाडे पक्राउ

39


१४ साउन, सोलुखुम्बु । सोलुखुम्बुमा प्रहरीले तासको खालबाट ४३ लाखभन्दा बढी नगद तथा चेकको रकम सहित ४ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सोताङलाई तास खेलिरहेको गोप्य सुचनाका आधारमा छापा मार्न पुगेको प्रहरीले नगद तथा चेक मार्फत सो रकम बरामद गरेको हो ।

प्रहरीले तासको खालबाट नगद १४ लाख ६५ हजार, ३४ बर्षिय दुर्गाप्रसाद राईको नाममा रहेको चेकमा दिपक राईको नाम उल्लेख गरीएको ८ लाखको चेक ३ थान तथा ५ लाख रुपैंयाको एक थान गरी ४ थान चेक गरी ४३ लाखभन्दा बढी रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

सोताङ गाउँपालिका ५ का गणेश राईको घरमा जम्मा भई तास खेलिरहेका सोताङ ४ का ३७ बर्षिय दुर्गाप्रसाद राई, सोताङ २ का ३४ बर्षिय दुर्गाप्रसाद राई, थुलुङ्ग दुधकोशी गाउँपालिका ७ का २९ बर्षिय दिपक राई तथा ३२ बर्षिय फ्रेमराज राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान प्रारम्भ गरेको छ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम