भदौ १ गतेबाट आन्तरिक तथा बाहृय उडान

28

पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान भदौ १ गतेबाट सुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो । जेठ २६ बाट लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा अवरुद्ध थियो ।

अब नागरिक उड्डयन मन्त्रालयले हवाई उडानसम्बन्धी प्रोटेकल बनाउनेछ र, त्यसअनुसार भदौ १ बाट सेवा सुरु हुनेछ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम