सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना दिवसः बिभिन्न क्षेत्रका १७ जना सम्मानित

32

खगिन्द्रराज बास्तोला
५ साउन, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना दिवसका अवसरमा फरक क्षेत्रबाट बिभिन्न ब्यक्ति तथा कार्यालयहरु सम्मानित भएका छन् । निकुञ्जको ४४ औं स्थापना दिवसको अवसरमा सोमबार खुम्बुपासाङल्हामू गाउँपालिकामा आयोजित कार्यक्रममा निकुञ्जको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने बिभिन्न १७ जना ब्यक्ति तथा कार्यालय सम्मानित भएका हुन् ।

निकुञ्जको स्थापना बर्षको संख्यालाई आधार मानेर खुम्बु क्षेत्रमा ४४ वटा बिरुवा रोप्नुका साथै चौरीखर्क मध्यवर्ति क्षेत्र उपभोक्ता समितिको कार्यालय समेत उद्घाटन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उपाध्ययका अनुसार निकुञ्ज क्षेत्रमा बन्यजन्तुबाट भएको क्षतिको मुल्याङ्कनको आधारमा नाम्चे निवासी लाक्पाडोमा शेर्पालाई ३० हजार रुपैंया क्षतिपुर्ति बापत प्रदान गरिएको छ ।

गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामू शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनामग्याल्जेन शेर्पा, स्थानिय मध्यवर्ति क्षेत्रका पदाधिकारी, उपभोक्ता लगायतको उपस्थिती रहेको थियो । २०३३ सालमा स्थापना भएको निकुञ्जका स्थापना दिवसमा शुभकामना दिँदै बक्ताहरुले विश्वकै चर्चित निकुञ्ज क्षेत्रलाई अझ ब्यवस्थित गर्दै लैजान सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

स्थापना दिवसको अवसरमा सम्मानित हुनेको नामावली

नगद ५० हजार नगद
१. हीता शङ्खा राई, सदस्य, खुम्जुङ महिला समूह,
२. भरतकुमार कार्की, गेमस्काउट, सगरमाथा राष्ट्रिय निकुञ्ज, दिबोचे पोष्ट
३. पासाङग्याजेन शेर्पा, कार्यालय सहायक, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति

नगद २५ हजार नगद
१. बीरुमान राई, प्रधानाध्यापक, महेन्द्रज्योती मावि, चौरीखर्क
२. खगिन्द्रराज बास्तोला, शिक्षक, यूवाबर्ष आवि, चौरीखर्क
३. डम्बर श्रेष्ठ, प्रहरी सहायक निरिक्षक, इलाका प्रहरी कार्यालय, नाम्चे
४. ङिमा ल्हामु शेर्पा आर्यतारा महिला समूह, चौरीखर्क
५. नेपाली सेना (शम्शेर गुल्म), खुम्बुपासाङल्हामू गाउँपालिका
६. सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका कर्मचारी

१० हजार नगद
१. पासाङ डोमा शेर्पा, मिङ्मा याङ्जी शेर्पा पाङबोचे,
२. तेन्जिङ जाङ्बु शेर्पा सचिव सगरमाथा उपभोक्ता समूह,
३. नवराज कार्की हवल्दार प्रहरी चौकी, खुम्जुङ

 

 

 

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम