सोलुखुम्बुका चार जनामा कोरोना संक्रमण पुष्टि

17
File photo

सोलुखुम्बु । सोलुखुम्बुका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबवाट फर्किएका चार पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।

सोलुखुम्बुवाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएका २६ जनामध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएकाहरुमध्ये सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ र वडा नम्बर ८ का एक एक जना र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ७ का एक एक जना रहेकाछन् ।

संक्रमण पुष्टि भएका चारै जना यतिखेर थुलुङ दुधकोशी गाउँपालिका र जिल्ला अस्पतालको क्वारेन्टाइनमा रहेका छन् । चारै जनालाई थप उपचारका लागि धरान पठाउने तयारीका लागि आवश्यक समन्वय भईरहेको प्रमुख खकुरेलले बताए ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम