क्वारेन्टाईन सेन्टरका लागि थुलुङ दुधकोशीलाई सामाग्रि प्राप्त (फोटो फिचर सहित)

77

३१ असार, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकालाई राहत तथा पुर्व सावधानी सामाग्रि प्राप्त भएको छ । गाउँपालिका अन्र्तगत वडा नं. ७ र ८ मा रहेको क्वारेन्टाईन सेन्टर ब्यवस्थापनका लागि सो सामाग्रि प्राप्त भएको हो ।

करुणा सेचेनको सहयोगमा ईन्हुरेड ईन्टरनेशलले सो स्थानमा क्वारेन्टाईन ब्यवस्थापनका लागि आवश्यकिय सामाग्रि हस्तान्तरण गरेको ईन्हुरेडका सोलुखुम्बु जिल्ला संयोजक नुतन श्रेष्ठले जानकारी दिए । संस्थाले क्वारेन्टाईन सेन्टरका लागि ३७ थानका दरले म्याट्रिस, सिरक, सिरानी तथा झुल, स्यानिटाईजर, बाल्टिन, डस्टबिन उपलब्ध गराएको छ । साथै, ईन्हुरेडले स्वास्थ्यकर्मीका लागि पिपिई सेट, ल्ढछ मास्क लगायतका समाग्रि समेत हस्तान्तर गरेको ईन्हुेरडका स्थानिय संयोजक लालकाजी श्रेष्ठले बताए ।

बुधबार गाउँपालिकाको कार्यालयमा आयोजिक एक कार्यक्रममा बिच थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई सो सामाग्रि हस्तान्तरण गरिएको हो । पालिकामा सामाग्रि प्राप्त भएपश्चात खुशी ब्यक्त गर्दै अध्यक्ष राईले प्राप्त सामाग्रिको उचित प्रयोग गर्दै पालिका अन्र्तगतका सबै क्वारेन्टाईन सेन्टरलाई पालिकाले ब्यपस्थित गर्ने तर्फ कार्य गरिरहेको बताए । सोही कार्यक्रममा उनले यस पालिकाले हालसम्म कोभिड १९ का बिरुद्ध चालेको कदम प्रभावकारी रहेको उल्लेख समेत गरे ।

बिश्व नै कोभिड १९ को महामारीसँग जुझी रहेको यस अवस्थामा करुणा सेचेनको सहयोगमा ईन्हुरेडले देशका बिभिन्न जिल्लामा पुर्व सावधानी तथा राहत सामाग्रि बितरण गर्दै आएको छ ।

सामाग्रि लिँदै गाउँपालिका प्रमुख असिम राई

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम