साहित्यकार किराँतीलाई सम्मान

139

२७ असार, सोलुखुम्बु । प्रदेश नं. १ मन्त्रिपरिषद्ले साहित्यकार डि.बी. किराँतीलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्य क्षेत्रमा बिगत लामो समयदेखि कलम चलाउँदै आएका किराँतीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सम्मान गर्ने निर्णय गरेको हो ।
उनलाई प्रदेश सरकारले ५० हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गर्ने भएको छ । किराँतीका हालसम्म सयौं कविता, कथा, दर्जनौ पुस्तक तथा अन्य लेखहरु प्रकाशित भईसकेका छन् भने उनले नाटकमा पनि आफ्नो प्रभाव पृथक राख्न सफल हुँदै आएका छन् । उनले साहित्य सहित कृषि पेशमा समेत आफ्नो कर्म गर्दै आएका छन् ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम