दलित बर्गलाई विकासमा सहभागी गराउः दलित संघ

17

सोलुखुम्बु:नेपाल दलित संघ सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले प्रत्येक वडामा दलित शिर्षकको बजेट बिनियोजन गरी दलित बर्गलाई विकासमा सहभागी गराउन भन्दै ध्यानाकर्षण गराएको हो ।

नेपाल दलित संघ सोलुखुम्बुका अध्यक्ष कर्णबहादुर विश्वकर्मा र सचिव लाक्पा छिरिङ विश्वकर्माद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पालाई बुझाइएको अध्यक्ष कर्ण बहादुर विश्वकर्माले जानकारी दिए । ध्यानाकर्षण पत्रमा नगरपालिकाले सञ्चालन गर्ने सबै कार्यक्रममा दलित समूदायलाई विशेष सहभागिता गराउन अनुरोध गरिएको छ ।
स्रोत–सोलु एफ.एम

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम