आईचर दुर्घटना हुँदा एकको मृत्यू

20

२५, असार, सोलुखुम्बु:काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको आइचर ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बा ३ ख ९६ नम्बरको आइचर विहिबार विहान ४ बजेर ३० मिनेट जाँदा दुर्घटना हुँदा चालक दोलखा जिरीका २४ वर्षीय नवराज कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोलु करिडोर आयोजनाको सामान लिएर फर्कँदै गरेको आइचर सडकभन्दा १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मिलन बस्नेतले जानकारी दिए ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम