दलित कुटपिटको कसुरमा दुई युवा पक्राउ

93

सुबास दर्नाल,
२२ असार, सोलुखुम्बु : छुवाछुत कसुरमा सोलुदुधकुण्ड नगरपालिका ९ का दुई युवकलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । स्थानीय १६ बर्षिय किशोर दिपक बिश्वकर्मालाई ढोका छोएको निहुँमा कुटपिट गरेको आरोपमा सोही गाउँका ३१ बर्षिय तारा थापा मगर र २७ बर्षिय श्याम थापा मगरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गत जेठ ३१ गते घरको ढोका छोएको निहुँमा स्थानीय १६ बर्षिय दिपक विश्वकर्मामाथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा छुवाछुत कसुरमा मुद्दा दर्ता भएको छ । सोही कसुरमा उनीहरुलाई सल्लेरी स्थित आफन्तकोमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रहरी निरिक्षक एवं प्रबक्ता महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको विषयमा पिडितले असार ७ गते जाहेरी दिएपछि आरोपित दुबै जना फरार भएका थिए । उनीहरुलाई ७ दिन हिराशतमा राखेर अनुसान्धान गर्न सोलुखुम्बु जिल्ला अदालतले आदेश दिएको छ । उक्त कसुर प्रमाणित भएको खण्डमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम