नकारात्मक टिकाटिप्पणी नगर्न नेकपाको आग्रह

69

२१ असार, सोलुखुम्बु । नेकपा, सोलुखुम्बुले पार्टी एकताको पक्षमा एक ढिक्का भएर लाग्न आग्रह गरेको छ । आईतबार एक प्रेश बिज्ञप्ति जारी गर्दै नेकपा सोलुखुम्बुले पार्टीको स्थाई कमिटी बैठकमा भईरहेको बहसलाई लिएर पार्टीको पक्षमा बिभिन्न टिकाटिप्पणी बढेको भन्दै यस्तो आग्रह गरेको हो ।

बिज्ञप्तिमा पार्टी एकतामा भुमिका खेल्न, सकारात्मक सहयोग गर्न र सुझाव दिन, पार्टी नेतृत्व पंक्तीलाई उत्तेजित पार्ने गरी सामाजिक संजाल र संचार माध्यम मार्फत गालिगलौज एवं आरोपप्रत्यारोप नगर्न कार्यकर्तामा अपिल गरिएको छ । जीवन्त र गतिशिल पार्टी निर्माणका लागि बहस र छलफल आवश्यक रहेको भन्दै नेकपा सोलुखुम्बुले बहसहरुलाई जिम्मेवार र ब्यवस्थित ढंगबाट संचालन गर्न नसक्दा पार्टी फुटको संघारमा पुग्न सक्ने ठहर गरेको छ ।

पार्टी एकताको बाँकी कमलाई पुर्णता दिँदै राष्ट्रिय एकता र सम्बृद्धि पक्षमा नेतृत्व गर्दै पार्टी र नेतृत्व अगाडी बढ्नु पर्ने ठहर समेत बिज्ञप्ति मार्फत गरिएको छ ।

पछिल्लो समय नेकपाको स्थाई कमिटि बैठक तथा शिर्ष नेतृत्वबिच भईरहेको बहसले सबैलाई चर्चाका लागि मसला बन्न पुगेको छ । यसै बिषयलाई लिएर आईतबार नै नेकपाका अध्यक्ष द्धय केपि शर्मा ओलि र पुष्पकमल दहाल बिच निर्णायक भनिएको बार्ता समेत शुरु भएको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम