ठुलो संख्यामा कोरोना संक्रमित थपिएपछि कुल संख्या साँढे १४ हजार नजिक

16

काठमाडौं, १८ असार । नेपालमा आज पनि सयौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे १४ हजार आसपास पुगेको बुझिएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले सवा ४ बजे नियमित प्रेस ब्रिफिङमा गराउने छ ।

दिनहुँ सयौंको संख्यामा संक्रमित थपिंदा जेठमहिनासम्मको संख्याभन्दा असार १९ आइपुग्दा दोब्बर संख्याका संक्रमित थपिइसकेका छन् । यसअघि हिजो ४ सय ८२ जना कोरोना भाइरसको संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १४ हजार नाघेको थियो ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम