एयरबसले १५ हजार कर्मचारी बिदा गर्दै

33

जेन्सी, १७ असार । एरोस्पेस जाइन्ट एयरबसले आफ्नो १५ हजार कर्मचारीलाई बिदा गर्ने भएको छ । कोरोना भाइरसको महामारीको कारण प्रभावित उक्त विमानको उडान नभएको भन्दै कम्पनीले आफ्नो कर्मचारी हटाउने निर्णय गरेको हो ।

कम्पनिले वेलायतबाट १७ सय, हजारौँ कर्मचारी जर्मनीबाट र अन्य स्थानबाट बिदा गर्ने निर्णय गरेको हो । एयरबसमा करिब एक लाख ३४ हजार कर्मचारी कार्यरत छन् । एयरबसले आफ्नो संयुक्त पार्टनर युनाइट युनियनसंगको साझेदारी र कर्मचारी बिदा गर्ने बारे अगामी साता जानकारी दिने जनाइएको छ । यद्दपी, युनाइटेडले १६ सय कर्मचारी निर्माण कार्यका लागि र छ सय ११ अफिसका लागि रोगजारी दिन सक्ने आशा राखेको छ ।

एयरबसको वेलायत श्रमशक्ति १५ प्रतिशतले संकुचित हुनेछ । यसैगरी, विभिन्न विमान कम्पनीहरु समेत महामारीबाट प्रभावित भएका छन् । उनीहरुले कर्मचारीलाई हटाएका छन् । पुनः सञ्चालन गर्न कम्पनीहरु उत्सुक रहेको जनाइएको छ । महामारीले निम्त्याएको लकडाउनका कारण विमान कम्पनीहरुलाई अत्यधिक घाटा परेको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम