ढोका छुँदा नै दलितमाथि कुटपिट, मिलापत्रका लागि प्रहरीको दवाव

101

सुबास दर्नाल,
असार ४, सोलुखुम्बुमा एक दलित बालक कुटपिटका कारण सख्त घाईते भएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ सिसाखोलामा एकजना दलित बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि उनि सख्त घाईते भएका हुन् ।

जेठ ३१ गते स्थानिय तारा थापमगरको घरमा पुगेका १६ बर्षिय बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको भन्दै निज तारा थापामगर र २७ बर्षिय श्याम थापामगरले कुटपिट गरेको पिडितको भनाई छ । पिडित विश्वकर्माका अनुसार निर्माण हुँदै गरेको तारा थापामगरको घरको ढोकामा बसेकै भरमा मगरद्वयले फलामको हतौडीले ढाड, टाउको लगायतका स्थानमा कुटपिट गरेका हुन् । उनीहरुले “कामी भएर नयाँ घरको ढोका छुन्छस्, अब सबै असुभ हुने भयो । ” भन्दै कुटपिट गरेको पिडित विश्वकर्माको दाबी छ । कुटपिटबाट दिपकको ढाड, टाउको तथा शरिरका विभिन्न भागमा चोट लागेको छ ।

उनको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भईरहेको पिडित बालकका बाबु नीर बहादुर विश्वकर्माले बताउनुभयो । तर घटनालाई लुकाउन पत्ताले प्रहरी चौकी र पिडक पक्षको निरन्तर दबाबमा असार १ गते गाउमै मिलापत्र गराएको पिडित पक्षको दाबी छ । आफ्ना नाबालक छोरालाई जातकै आधारमा मरणासन्न हुने गरी कुटपिट गरेपनि आफुले न्याय पाउन नसकेको पिडितको भनाई छ । पिडक मगरले स्थानिय अगुवाहरुको समेत सहयोगमा आफुहरुलाई कानुनले केहि गर्न नसक्ने भन्दै जबरजस्ती मिलापत्र गराएको पिडितका बुवा निरबहादुर विश्वकर्माले गुनासो गरे ।

घाईतलाई अस्पताल लैजाँदाको गाडी भाडा १० हजार र अस्पतालमा खर्च भएको १० हजार ३ सय गरि २० हजार ३ सय रुपैया खर्च पिडकले उपलब्ध गराएर जबरजस्ती मिलापत्र गराएको श्रोतको दाबी छ । वडा अध्यक्ष काजी शेर्पाले जातिय छुवाछुतका कारण भएको घटनालाई कानुनी उपचार खोज्नुपर्ने सुझाव दिएपनि आफुलाई जानकारी नै नगराई मिलापत्र गराएको बताए ।
तर यता पिडक तारा थापामगरले भने आफुले जातिय छुवाछुत नगरेको दाबी गरेका छन् । उनले आफुले बालकलाई कुटपिट गरेको स्विकार गर्दै जातिय कारण कुटपिट नगरेको दाबि गर्दै आएका छन् ।

गत बैशाख २७ गते बाटो हिड्ने क्रममा सोलुखुम्बु तिङ्लाका मिनबहादुर नेपालीलाई तल्लो जातको मानिस अगाडी हिडेको भन्दै गाली बेइज्जती गरेको कसुरमा प्रहरीले स्थानिय ३१ बर्षिया संगिता राईलाई पक्राउ गरेको थियो । जातीय विभेदअन्तर्गत जिल्ला अदालतमा मुद्दा पनि दायर भयो । तर, केही दिनमै पीडक राईलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने ब्यवस्था छ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम