राष्ट्रिय नेवा: खल: इजरायलको “नबौ अधिबेशन”जून १० तारीख हुदै

26

हाम्राे पेज : राष्ट्रिय नेवा: खल: इजरायलले  “नबौ अधिबेशन” गर्ने तैयारी गरेकाे छ । राष्ट्रिय नेवा: खल: इजरायलको विधान २०१५ को (दोस्रो संशोधित २०१९) को अनुच्छेद १७ मा उल्लेखित प्रावधान अनुसार “नबौ अधिबेशन” २०२० जून १० मा गर्ने निर्णय सार्वजनिक गरेकाे हाे ।

” बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( Covid 19) प्रभाबको कारण २०२० मार्च २७ शुक्रबार स्थगित गरिएको “नबौ अधिबेशन” अनलाइन मार्फत २०२० जून १० मा गर्ने तैयारी गरेकाे राष्ट्रिय नेवा: खल: इजरायलले सूचना मार्फत जानकारी गराएकाे छ ।

“नबौ अधिबेशन”जून १० तारीख बुधबार बेलूकी ९ बजे Zoom Online मार्फत हुने छ । राष्ट्रिय नेवा: खल: इजरायलले इजरायलमा रही विभिन्न पेशामा कार्यरत सम्पूर्ण  नेवा: दाजुभाई तथा दिदिबहिनिहरुमा सदस्यता नविकरण साथै नयाँ सदस्यता लिनका लागी अनुरेाध गरेकाे छ ।  सदस्यता नबिकरण लगाएत नयां सदस्य बन्नका लागी जुन ५ गते शुक्रबार स्थानीय समय रातको १२.०० बजे सम्म मात्र सदस्यता फारम खुल्ला रहने जनाएकाे छ ।

राष्ट्रिय नेवा: खल: इजरायलबाट जारी सुचना

ज्वज्वलपा !
हामी राष्ट्रिय नेवा: समुदायहरुको गौरवमय खल: राष्ट्रिय नेवा: खल: इजरायलको विधान २०१५ को (दोस्रो संशोधित २०१९) को अनुच्छेद १७ मा उल्लेखित प्रावधान अनुसार मिति २०२० मार्च २७ शुक्रबार सम्पन्न गराउने भनी घोषित गरिएको “नबौ अधिबेशन” बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( Covid 19) प्रभाबको कारण स्थगित गरिएको थियो र उक्त स्थगित गरिएको हाम्रो राष्ट्रीय नेवा: खल: इजरायलको नबौ अधिबेशन आगामी नेपाल सम्बत ११४० ताछला तिथि तदनुसार २०२० जून १० तारीख बुधबार बेलूकी ९ बजे Zoom Online मार्फत हुन गई रहेको हुँदा इजरायलमा रही विभिन्न पेशामा कार्यरत सम्पूर्ण आदर्णीय नेवा: दाजुभाई तथा दिदिबहिनिहरुमा सदस्यता नविकरण साथै नयाँ सदस्यता लिनको निम्ति २०२० जून ५ गते शुक्रबार स्थानीय समय रातको १२.०० बजे सम्म मात्र सदस्यता फारम खुल्ला अथवा अन्तिम अवधि तोकिएकोले यथाशीघ्र पुरानो सदस्यता नबिकरण साथै नयाँ सदस्यता लिनु हुन हार्दिक विनम्र अनुरोध गदै यसै सूचना मार्फत अधिकारिक रुपमा जानकारी गराउदछौ ।

सम्पर्कको लागी
मनु श्रेष्ठ 0540915616
बिमला श्रेष्ठ 0546548047

महासचिब
बिमला श्रेष्ठ
तथा
राष्ट्रिय नेवा: खल: इजरायल परिवार ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम