९० जना थपिएसँगै कोरोना संक्रमितको संख्या नाघ्यो ७००

15

काठमाडौं, १३ जेठ । थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनकाअनुसार आजसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ५४ हजार ४२४ पुगेको छ भने आरटिडी ९७ हजार ९ सय ६७ पुगेको छ । कुल डिस्चार्जको संख्या १५५ पुगेको छ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम