सडक स्तरोन्नती पुरा गर्न थप बजेट आउँछः सांसद राजभण्डारी

55

सोलुखुम्बु । प्रदेश नं. १ का सभासद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सडक स्तरोन्नतीको कार्य प्रशंसनिय भएको बताएका छन् । मंगलबार सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ मा अवस्थित चिवाङ्ग गुम्बासम्म पुग्ने सडकको अनुगमनका क्रममा सांसद राजभण्डारीले यस्तो बताएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र बिषेश कार्यक्रम अन्र्तगत बिनियोजित १० लाख रुपैंयाबाट सडक स्तरोन्नती कार्यमा स्टिमेट भन्दा उत्कृष्ट र बढी कार्य उपभोक्ता समिति मार्फत भएको पाईएको भन्दै उनले सडकलाई पुर्ण रुपमा स्तरोन्नतीका लागि आगामी आर्थिक बर्षमा समेत बजेट बिनियोजित गर्ने प्रतिबद्धता जनाए । सांसद राजभण्डारीले करिब ३ किलोमिटर लम्बाई रहेको सो सडकलाई हिउँदो, बर्षा दुवै समयमा संचालन गर्न सकिने बनाईने गरी बजेट बिनियोजित गर्ने आश्वस्त पारेका छन् ।

निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत प्राप्त बजेटसँगै उपभोक्ता समितिका तर्फबाट १ लाख ८० हजारभन्दा बढी जनश्रमदान तथा गुम्बाका तर्फबाट ८ लाख ५० हजार रुपैंया लगानी गरी ११ सय मिटर बाटोमा सोलिङ्ग गरिएको छ । अब बाँकी रहेको सडकमा पनि सोलिङ्ग गर्न बजेट प्राप्त हुने आश्वासन प्राप्त भएपश्चात गुम्बा तथा उपभोक्ता समिति उत्साहित भएका छन् । सांसद राजभण्डारीले गुम्बाले जस्तै अन्य क्षेत्रमा पनि यसरी नै उत्साहजनक कार्य हुनेभए सम्बृद्ध नेपालको सपना साकार हुन समय नलाग्ने जिकिर गरे ।

सोलुदुधकुण्ड नगरपालिकाको प्राविधिक सहयोगमा भएको सो सडक सोलिङ स्तरोन्नती कार्य अनुगमनका लागि सांसद राजभण्डारीसँगै वडा नं. ४ का अध्यक्ष दावागेलु पाख्रिन, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य नुतन श्रेष्ठ तथा सांसदका स्वकिय सचिव दिनेश राजभण्डारीको सहभागिता रहेको थियो ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम