सेवासुविधा कटौती गरी राहत बितरण

104


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को खोरिया र छुल्यामुमा राहत वितरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सोलुदुधकुण्ड वडा नं. ६ पार्टी कमिटिको संयोजनमा सुकुम्बासी र विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

कोरोना भाईरसका कारण बढ्दै गएको लकडाउनका कारण समस्या परेका अति बिपन्न, असहाय, बृद्धबृद्धालाई लक्षित गरी शुरु गरिएको राहत बितरणका क्रममा आज २१ घर परिवारलाई राहत वितरण गरिएको वडा नं. ६ का अध्यक्ष राम कुमार श्रेष्ठले बताए । प्रति परिवालाई ३० के.जीका दरले चामल वितरण गरिएको हो । दैनिक ज्यालामजदुरी गर्दै आफ्नो गुजारा गर्दै आएकोमा हाल कोरोना भाईरसबाट आफ्नो दैनिक आम्दानी समेत टुटेको परिवारलाई नगरपालिकाका उपमेयर कल्पना राई र वडा अध्यक्ष श्रेष्ठको सेवा सुविधाबाट कटौती गरी उक्त राहत वितरण गरिएको नेकपा ६ नं. वडा कमिटीका अध्यक्ष नुतन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विपन्न घरपरिवालाई केहि हदसम्म सहज होस भन्ने उद्धेश्यले राहत वितरण गरिएको हो ।

राहत वितण कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश नम्बर एकका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी, उपमेयर कल्पना राई, वडा अध्यक्ष रामकुमार श्रेष्ठ, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक राज भण्डारी, रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति रामकाजी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । राहत पाए पछि स्थानिले खुसी व्यक्त गरेका छन । काम गरेर खानु पर्ने भए पनि काम नपाएको समयमा यसरी साहत पाउँदा निकै राहत महशुस भएको स्थानियको भनाई छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम