नेकपा स्थायी कमिटी बैठक अनिश्चित

9

दुवै अध्यक्षको निर्णय नहुँदासम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । आजको सचिवालय बैठकमा आगामी स्थायी कमिटीको कार्यसूची लगायतका बिषयमा छलफल गरी निर्णयमा पुग्ने भनिए पनि आजको बैठक निर्णायक बन्न नसकेको हो ।

सचिवालय बैठक संचालन भईरहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओली आरामको लागि भन्दै निस्किएपछि नेताहरु बिच अन्यौलता उत्पन्न भएको श्रोतले बताएको छ । तथापि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने छन् ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम