सोलुखुम्बुमा कोरोना प्रभावका बिच मानवअधिकार अवस्था अनुगमन शुरु

43

सोलुखुम्बुमा कोभिड— १९ का बिरुद्धमा भईरहेको गतिबिधिका बारेमा मानव अधिकार अवस्था अनुगमन समितिले अध्ययन शुरु गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग मातहतमा गठित जिल्लास्तरिय अनुगमन समितिले कार्यविधिमा उल्लेख भएअनुसारको जिम्मेवारी सम्हाल्दै अनुगमन कार्य शुरु गरेको हो ।

समितिले कोभिड— १९ (कोरोना भाईरस) ले उत्पन्न गरेको जटिल परिस्थितीमा त्यस बिरुद्ध लड्न नेपाल सरकारले गरेका स्वास्थ्यउपचारको ब्यवस्था, उपभोक्ता अधिकार, अभिब्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहँुच लगायतका बिभिन्न कार्यमा आफ्नो दृष्टि लगाउने छ । साथै समितिले समस्या समाधानका लागि सहजिकरण गर्ने तथा प्राप्त तथ्यलाई आयोगसम्म पु¥याउने कार्य गर्ने सोलुखुम्बुका संयोजक एवं गैर सरकारी संस्था महासंघका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए ।

कोरोना प्रभावको यस अवस्थामा विपन्न बर्गको जीवनयापनको समस्या, राहत वितरणको स्थिती, आवतजावतकाृ समस्या, सञ्चारमाध्यमको भुमिका, सामाजिक सञ्जालको प्रयोगमा सदुपयोग या दुरुपयोगको अवस्था, स्वास्थ्य संस्थाहरुको भुमिका जस्ता कार्यमा समेत समितिले अनुगमन गरी प्रतिवेदन तयार गर्ने संयोजक राजभण्डारीले बताए ।

जिल्लाको सम्पुर्ण स्थानिय निकायसँग समन्वय गरी वर्तमान अवस्थाका जानकारी बिद्युतिय माध्यम, पत्राचार तथा टेलिफोनबाट संकलन गर्ने तथा आवश्यक्ताअनुसार स्थलगत अनुगमनमा पनि जान सक्ने समितिले अधिकार प्राप्त गरेको छ ।

अनुगमन समितिले प्रारम्भिक चरणमा जिल्ला प्रशासन कार्यालय, सोलुदुधकुण्ड नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, सोलु अस्पताल, फाप्लु, जिल्ला कारागार शाखामा अनुगमन गरेको जनाएको सदस्य हिमाल गिरीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक चरणमा हालसम्म भएका गतिबिधिको जानकारी संकलन गर्ने तथा अध्ययन गरी सम्बन्धित निकायमा जानकारी गराउने कार्य भएका छन् । अझै पनि पुर्ण जानकारी प्राप्त नभईसकेका आवश्यक्ताअनुसार पुनः अनुगमनको कार्य भईरहने छन् ।

५ सदस्यिय समितिमा संयोजक राजभण्डारी सहित नेपाल पत्रकार महासंघका तर्फबाट मनोजकुमार श्रेष्ठ, बार एशोसियसनका तर्फबाट एकराज बास्तोला, मानवअधिकार कर्मी हिमाल गिरी तथा ईन्सेक प्रतिनिधि भोजराज कार्की रहेका छन् । अनुगमनको महत्वपुर्ण जिम्मेवारी प्राप्त गरेको समितिले दैनिक भिडियो कन्फ्रेन्स मार्फत जिल्लाको गतिविधि प्रदेश स्तरिय समितिलाई जानकारी समेत गराउदै आएको छ ।

आयोगले मानव अधिकारको स्थितीबारे जानकारी हासिल गर्न जिल्ला, प्रदेश तथा केन्द्रिय स्तरमा अनुगमन समिति गठन गरेको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम