२५६४ औं बुद्ध जयन्ती कार्यक्रमबारे दूतावास ईजरायलको सूचना

35

 

२५६४ औं बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउने सम्बन्धी दूतावासको सूचनाः

विगत वर्षहरुमा नेपाली राजदूतावास तथा ईजरायलमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपालका गौरव राष्ट्रिय विभूति तथा एसियाका ज्योति भगवान गौतम बुद्धको स्मृतिमा बुद्धजयन्ती मनाउने गरिएकोमा यो बर्ष विगतमा झैँ मनाउन सम्भव नभएको सन्दर्भमा दूतावासको संयोजनमा निम्न मिति र समयमा ईन्टरनेट सफ्टवेयर Zoom मार्फत् २५६४ औं बुद्धजयन्तीको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम हुन गईरहेकोले साईप्रस स्थित नेपाली अवैतनिक वाणिज्यदूत, ईजरायल र साईप्रसमा रहनुभएका नेपाली संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी साथीहरू लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई zoom application मार्फत् उक्त कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।

तलको लिङ्कमा क्लिक गरी zoom मा जोडिन सक्नु हुनेछ।
लिङ्क – https://us02web.zoom.us/j/9744010291?pwd=b0VxWkpGZGhvSkg5eFltbXJuT1FWdz09
वा तपाईं सँग zoom application छ भने तलको ID र Password को प्रयोग गरी जोडिन सक्नुहुनेछ।
Meeting ID – 9744010291
Password – nepal123

मितिः बैशाख २५, २०७७ तदनुसार May 07, 2020
समयः बिहान ११:३० बजे
(१० मिनेट अघि देखि Join हुन सकिनेछ)
(पुनश्च: समय अभावका कारण जोडिन नसक्नुहुने का लागि उक्त कार्यक्रम दूतावासको फेसबुक पेजबाट लाइभ गरिनेछ वा भिडियो अपलोड गरिनेछ।)

 

https://us02web.zoom.us/j/9744010291…

 

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम