शिक्षक सेवा आयोगको तयारी कसरी गर्ने?

78
भीम बहादुर श्रेष्ठ

यो लेख शिक्षक सेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीलाई लक्षित गरी तयार गरिएको हो । शिक्षक सेवा आयोगमा विषयगत र वस्तुगत किसिमका प्रश्न सोधिने प्रावधान छ । मेरो अनुभवहरु समेटी यसमा मुख्य गरी वस्तुगत प्रश्नको तयारी गर्ने केही तरिकाहरुलाई प्रस्तुत गर्ने प्रयास गरेको छु । हरेक व्यक्तिका पढ्ने शैली आ आफ्नै त हुन्छन् नै तर विषयवस्तुलाई कसरी तयारी गर्ने भन्ने सन्दर्भमा मात्र यसलाई जोड्न खोजिएको छ ।

यस लेखमा जति पनि कुराहरु प्रस्तुत गरिएका छन् ति सवै मैले प्राप्त गरेका अनुवहरु हुन् र तयारीको शिलसिलामा अपनाएका तरीकाहरुहुन ।

-परीक्षाको तयारी गरिरहँदा आफुले पढ्नै पर्ने कुरा के हो भन्ने जान्नु अत्यन्तै आवश्यक हुन्छ । कतिपय व्यक्तिहरु आफुले कुन कुन क्षेत्रहरुवाट अध्ययन गर्नु पर्ने हो थाहा हुदैन । यसको लागि सर्वप्रथम शिक्षक सेवा आयोगले प्रकाशित गरेको पाठ्यक्रम गहन रुपमा अध्ययन गर्नु पर्ने हुन्छ ।

-आयोगमा शिक्षा ऐन शिक्षा नियमावली नेपालको सम्विधान र पाठ्यक्रममा तोकिएका अन्य कानुन सङ्ग सम्वन्धित कितावहरु पनि अध्ययन गर्नु पर्ने हुन्छ। यसको लागि शिक्षा ऐनमा समेटिएको विभिन्न समितिहरु पढ्दा सम्पुर्ण समिति याद गर्नु जरुरीछैन । समिति मा कति सदस्य रहने प्रावधान छ । ती मध्ये मनोनित र पदेन कति छन् ? महिला सदस्य दलित सदस्य र मनोनित सदस्यको पदावधि कति वर्ष हो छुट्याएर अध्ययन गर्नु पर्ने हुन्छ ।

-पढ्ने विषवस्तुलाई यति हो भनेर भन्न सकिने अवस्था छैन । प्रश्न सोध्नेले शीर्षक देखे पछि जताबाट सोध्न सक्छ तर त्यसो भनेर परीक्षाको तयारी गरिरहँदा सबैकुरा कण्ठ पार्न सकिदैन र संभव पनि हुँदैन । आयोगको पाठयक्रम र प्रश्नको ढाँचाले कण्ठ पार्ने ज्ञान खोजेको देखिन्छ । परीक्षार्थीले कण्ठ त पार्नै पर्ने छ तर थोरै समयमा अरु धेरै कुरा बुझ्न सकिन्छ भनेर हेर्नुपर्छ । उदाहरणको लागि १९९६ को इस्तिहार र २०२८ को संरचना एउटै छ भने एउटा मात्र संरचना पढ्ने र त्यसलाई कण्ठ पार्ने अनि दुईवटा एउटै हुन भनेर बुझ्ने । २०४९ को कक्षा १० सम्मको संरचना र २०२८ भन्दा अगाडिको संरचना एउटै हो भने त्यसलाई पनि एउटा मात्र पढ्ने र यो संरचना यता र यसरी मिल्छ भनेर विषयवस्तुको सम्बन्ध स्थापित गरिदिनुपर्छ । शिक्षाका राष्ट्रिय उद्धेश्य पढ्दै हुनुहुन्छ भने २०४९ का ७ वटा उद्धेश्य मध्ये पाँचवटा उद्धेश्य अहिले पनि मिल्छन् भने कुन कुन उद्धेश्य मिल्छन् भनेर हेर्नु पर्छ । यसरी हेर्दा अहिलेका १२ वटा पढेकै ज्ञानले २०४९ को पाँचवटा जान्न सकिन्छ । सवैका लागि शिक्षा का ६ वटा उद्श्य नेपालले १ उदेश्य थपि नेपालको सवैका लागि शिक्षाका ७ उदेश्य छन् भनि वझ्नु पर्छ।

-पाठ्यक्रममा आयोगका प्रतिवेदनहरु पनि समावेस छन् । त्यसमा अध्यक्ष, सदस्य, गठन मिति र प्रतिवेदन बुझाएको मितिलाई तुलना गरेर पढ्ने गर्नु पर्छ ।जस्तै २०११ को प्रतिवेदन २०१८ को २०२८ जस्ता प्रतिवेदनमा आपसमा के के मिल्दा जुल्दाछन् निश्चित हुने सोहि वमाजिम तयारी गर्ने ।

-बहुवैकल्पिक प्रश्नहरु एक आपसमा मिल्दा जुल्दा हुन्छन् हामी कति पएको वानी वहुवैकल्पिक प्रश्नहरुमात्र अध्ययन गर्नेहुन्छ यसरी तयारी गर्दा परीक्षामा कठीन हुन्छ त्यसैले पाठ सङ्ग सम्वन्धित विषयवस्तुको गहन अध्ययन गर्नु पर्नेहुन्छ ।

-इतिहास लगायत कतिपय तथ्याङ्कमा विरोधावास पाइन्छ । त्यस्ता कुराको पछाडी नलागि अन्य विषयवस्तुको तयारीमा लाग्दा उतम हुन्छ ।

अहिले हामी विचमा रहेको समस्या पहिलो परीक्षा नियन्त्रकको वारेमा हो ।
अहिले पहिलो परीक्षा नियन्त्रक को भन्नेमा दुइथरी विचार छन् । यसको समाधान खोज्छु भनेर लागेर परीक्षार्थीले त्यसको समाधान भेटिदैन भने त्यसको पछाडि किन लाग्नु । यसको सट्टा किन दुइवटा भनियो भनेर मात्र हेर्ने हो । परीक्षा नियन्त्रण कार्यालयले हालसम्मका परीक्षा नियन्त्रकहरुको नाम नामेसी तयार गर्दा अभिलेख अनुसार भनेर हरमणी आचार्य लेखेको छ धधध।कयअभ।नयख।लउ वाट पनिका नाम गरेको दस्तावेज डाउनलोड गरेर पनि हेर्न सकिन्छ । । शैक्षिक इतिहासको बढी प्रयोग हुने स्रोत गोपीनाथ शर्माका किताबमा नन्दराम उप्रेती लेखिएको छ । यस्तो अवस्थामा अलमल हुनु स्वभाविक हो । यसको उत्तर सबैले आफ्नै तरिकाले देलान् । आयोगको प्रश्न बनाउनेले के बनाउँछ मुख्य कुरा त त्यो भयो । यदि विकल्पमा एउटा मात्र आयो भने जो आए पनि समस्या भएन, यदि दुइवटै आयो भने एक पटक प्रश्न राम्रोसँग पढ्नुपर्छ । अभिलेखहरु अनुसार, परीक्षा नियन्त्रण कार्यालयका अनुसार भन्ने आसय आउने गरी प्रश्न सोधिएको छ भने हरमणी होला भने सिधै को थिए, अथवा कसलाई भनिन्छ भनेर सोध्यो भने त्यतिखेर नन्दराम उप्रेती होला । यो एउटा उदाहरण हो । यस्ता धेरै विवादास्पद तथ्यहरु इतिहासमा छन् । यतिवेला आाधारभूत कुरा पढ्ने हो र प्रश्न बनाउनेले पनि यस्ता विवादास्पद कुरा र विवादास्पद उत्तर हुने गरी नबनाउलान् भनेर आफूलाई विश्वस्त पार्ने हो । त्यसको पछि लाग्नुभन्दा त्यही समयमा अरु धेरै तयार गर्नु राम्रो हुन्छ । त्यस्तै वर्तमान विद्यालय शिक्षाको सरचना ८ं + ४ कि ९+ ४ मा समस्या रहेको छ । वास्तवमा आधारभूत तह वाल शिक्षा देखि हो भनी शिक्षा ऐनको आठ्ओ सन्सोधनले स्पष्ट वताइ सकेकोअवस्थामा नेपालको वर्तमान विद्यालय शिक्षाको सरचना ९+ ४ हो ।

-तथ्याङ्कहरु एक आपसमा सम्वन्धकायम गरेर अध्ययन गर्दा राम्रो हुन्छ र पढेका विषयवस्तुहरु सम्झन सजिलो हुन्छ । हामीले सवैका लागि शिक्षा क्क्च्ए, क्क्म्ए को अध्ययन गर्दा कुन कुन सूचकहरु मिल्दो जुल्दो छ खोजी गरी अध्ययन गर्नु पर्नेहुन्छ ।
-ऐन नियमावलीको सम्पुर्ण मिति याद गर्न जरुरी छैन । ऐन नियमावलीमा भएका विभिन्न संशोधनका मितिहरु भन्दा जारी मिति र पछिल्लो संशोधन महत्वपूर्ण हुन्छन् ।
-वजारमा पाइने जुनसुकै राइटरको किताव किनिहाल्ने वानी र कितावमात्र थुपार्ने वानी गर्नुहुदैन सर्व प्रथम कुनै एउटा किताव छानी त्यसवाट पुरा तयारी गर्ने । त्यस पछी मात्र अन्य कितावहरु पढ्ने । ऐन नियमका किताव नेपाल कानुन आयोगवाट प्रकाशित मात्र पढ्ने ।

www.moe.gov.np , http://www.doe.gov.np, http://www.soce.gov.np जस्ता site वाट सामाग्री खोजी तयारी गर्ने ।

(लेखक श्रेष्ठ श्री ज्योती मावि, ईटहरी ५, सुनसरीका शिक्षक हुन ।)

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम