चेम्बरले उद्योग मन्त्रालयलाई बुझायो प्रभाव न्यूनीकरण सम्बन्धी सुझाव

20


नेपाल चेम्बर अफ कमर्सले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री श्री लेखराज भट्ट समक्ष उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण सम्वन्धमा २९ वुंदे सुझाव पेश गरेको छ । कोरोना भाईरस (कोभिड¬ १९) ले उद्योग, बाणिज्य तथा आपूर्ति क्षेत्रमा पारेको प्रभावलाई मुल्याङ्कन गरी चेम्बरका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठले मन्त्री भट्टलाई सो सुझाव पेश गरेका हुन् ।

चेम्बरले उद्योग तर्फ ११, वाणिज्य तर्फ ८ तथा आपुर्ति तर्फ ९ वटा बुदाँमा आफ्नो सुझाव मन्त्रालयमा पेश गरेको चेम्बरका निर्देशक सुस्मिता लालले जानकारी दिनुभयो । सझाव पत्रमा गैर आवाशीय नेपाली नागरिक (ल्च्ल्) तथा बिदेशी नागरिकले शेयर खरिद गर्ने व्यवस्था मिलाउन समेत चेम्बरले मन्त्रालयलाई आग्रह गरेको छ । सुझाव पत्र बुझ्दै उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टले अहिलेको बिषम परिस्थितिमा निजी क्षेत्रले आपूर्तिलाइ सहज बनाइ सुव्यवस्थित गरेकोमा धन्यबाद दिदै यसलाइ निरन्तरता दिन आग्रह गरे ।

उनले सार्वजनिक बितरण प्रणालीलाइ सुदृढ गर्न सरकार तथा निजी क्षेत्रको साझा प्रयाशबाट मात्र संभव हुने बताउँदै उद्योग व्यवसायमा आएको समस्याहरुलाइ समाधान गर्न सरकार प्रतिवद्ध रहेको तथा उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति, बितरण प्रणालीमा सहजता ल्याइ जोखिम मुक्त तवरबाट उद्योग संचालन गर्ने व्यवस्था मिलाउन प्रयत्नरत रहेको समेत जानकारी गराए । मन्त्रीले चेम्वरबाट प्राप्त सुझावहरुलाई यथासक्य सम्बोधन गरिने बताउनु भयो ।
press release

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम