भर्चुअल कक्षाको आवश्यकता र चुनौती

40


भीम श्रेष्ठ
वर्तमान परिप्रेक्ष कोरोना भाइरस (COVID-19) को असरले आक्रान्त भएको छ । यसको प्रत्यक्ष अप्रत्यक्ष असर हरेक क्षेत्रमा परेको छ । त्यस्तै कोरोना भाइरसको असर पुगेका क्षेत्रहरु मध्ये शिक्षा क्षेत्र पनि एक हो । कोरोनाको प्रभावले गर्दा हाल विश्व समुदायमा रहेको शिक्षाको विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष असर रहेको छ ।यसको असर शिक्षा क्षेत्रमा कस्तो रहेको छ भन्ने अनुमान नेपालमा हाल शिक्षामा परेको प्रभाववाट गर्न सकिन्छ । नेपालमा नयाँ शैक्षिक सत्र वैशाख वाटै शुरु भई सक्यो ,शैक्षिक सत्रको शुरुसँगै विद्यालयहरुले उत्सवको रुपमा यतिवेला विद्यार्थी भर्ना अभियान मनाईरहेका हुन्थे त विद्यार्थीहरु नयाँ जोस जाँगरको साथ नयाँ कक्षामा अध्ययन गर्न पुगिसकेका हुन्थे । वर्तमान परिप्रेक्षमा त्यो सवै उल्टा भइदिएको छ । नत विद्यालयमा शिक्षक पुग्न सकेकाछन् नत विद्यार्थी सम्पूर्ण विद्यार्थी र शिक्षकहरु कोरोना भाइरसको सन्त्रासले आ आफ्नो घरमा लकडाउनको अवस्थामाछन् । अझै विद्यालय र विश्वविद्यालयहरु कहिले खुल्ने भन्ने छाटकाट छैन । विद्यालयहरुले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सकेका छैनन् भने चैत्र महिना मै संचालन हुनु पर्ने एस.इ.इ. परीक्षा कहिले हुने भने निश्चित हुन सकेको छैन । कतिपय विद्यालयहरुले सामाजिमक संजालको प्रयोग गरी विद्यार्थीहरुको शैक्षिक सत्र २०७६ सालका नतिजा प्रकाशन गरिरेकाछन् । यसरी नतिजा प्रकाशन गरेतापनि विद्यालयामा विद्यार्थी वोलाएर कक्षा संचालन गर्न सम्भव देखिएको छैन ।शैक्षिक सत्र शुरु भएको पनि एक महिना वित्न लागि सक्यो । यस विषम परिस्थितीमा अहिले नेपालमा भर्चुअल कक्षाको आवश्यकता खड्किदै गएको छ ।
विद्युतीय माध्यमको प्रयोग गरी संचालन गरिने कक्षा नै वास्तवान भर्चुअल कक्षा हो । यस अन्तर्गत रेडियो , टि.भी. ईन्टरनेटको माध्यमवाट संचालन गरिने कक्षा हो । विश्व परिवेशलाई नियाल्दा भर्चुअल कक्षाको अभ्यास धेरै अगाडी देखि भएको पाइन्छ । नेपालमा भने २०७२ सालको भुकम्प पश्चात भुकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी एन.टि.भी. वाट भर्चुअल कक्षा संचालन गरियो भने त्यस पछि पनि केहीमात्रामा संचालन गरिदै आयो यस प्रति नत शिक्षकले चाख दिए नत विद्यार्थीले तर अहिलेको परिस्थितीमा यसको आवश्यकता टड्कारो रुपमा खड्किदै गएको छ ।तर आश्यकता परेपछि मात्र खोजी गर्ने हाम्रो वानीले गर्दा आज हामी शिक्षकहरु र विद्यार्थीहरु कुहिरोमा अलमलिएको काग जस्तै भएकाछौ । केही क्यापस , सामुदायिक विद्यालय र संस्थागत विद्यालयले भर्चुअल कक्षा संचालन गर्दै आएकाछन् ।
यो भर्चुअल कक्षा सम्वन्धि जानकारी केही शिक्षकमा मात्र रहेको छ । यस विषम परिस्थितीमा भर्चुअल कक्षा सम्वन्धि तालिम संचालन गर्न पनि कठिन छ । नेपालमा शिक्षकको पेशागत क्षमता विकासको लागि तालिम संचालन गरिन्छ तर त्यहाँ भर्चुअल कक्षा संचालन सम्वन्धि तालिमको प्याकेज राखिएन मात्र अन्य पक्षमा जोड दिइयो । यदि वेलैमा सम्पूर्ण शिक्षकलाई तालिम प्रदान गरि तयारी अवस्थामा राखेर अन्य आवश्यक पूर्वधार पनि तयार पारेको भए अहिले यत्रो कोकाहल नै हुने थिएन ।
यस विषम परिस्चितीमा भूपति वस्याल सरको अध्यक्षतमा गठन भएको प्रविधि मैत्री शिक्षक समाज, नेपालले यस लकडाउनको सदुपयोग गर्दै अहिले देशभरीका प्रविधिमा रुचि राख्ने शिक्षकहरुको लागि भर्चुअल कक्षा संचालन गर्दै आएकोछ जुन अति सह्रायिन कार्य हो । यस्तै कार्य सरकारी तवरवाट पनि वेलैमा हुनुपर्थीयो ।
अवका आउदा दिनहरुमा विद्यालयहरुले विदाको समयमा पनि यस्ता भर्चुअल कक्षा संचालन गर्दे गर्नु पर्नेहुन्छ ।
(लेखक श्री ज्योति मा.वि.,इटहरी ५,सुनसरीका शिक्षक हुन् ।)

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम