१६ जना कोरोना संक्रमित निको भए ।

30

नेपालमा कोरोना भाईरस संक्रमित मध्ये १६ जना निको भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार वीरगन्जको नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्ति निको भएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार तीन जना भारतीय र एकजना नेपालीलाई कोरोना संक्रमण निको भएको छ । निको भएका रौतहटका नागरिकलाई आजै घर पठाइने र भारतीय नागरिकलाई कहाँ राख्ने भनेर छलफल चलिरहेको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।

गत चैत ३० गते वीरगन्जको छपकैयास्थित एक मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएको थियो ।

हिजोमात्र भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित युवक निको भएका हुन् । हालसम्म नेपालमा ४९ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये प्रदेश नं. १ को उदयपुरमा सबैभन्दा बढी २८ जना कोरोना संक्रमित भेटिएका छन् ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम