इजरायल र सार्इप्रसमा कार्यरत नेपालीहरूले चाडै ब्यक्तीगत  बिबरण उपलब्ध गरार्इ दिन दुताबासकाे अनुराेध

1187

https://il.nepalembassy.gov.np/emergency-registration-form/?fbclid=IwAR0Fpb2zpU_fOFfnIX0LUJlZhDhAv3xB2dJFu1VPZfzQptG8OgF54G6Eawc

हाम्राे पेज तेलअभिव : महामारीकाे रूपमा फैलिएकाे काेराेना भार्इरसका कारण विश्व अाक्रान्त बनेकाे याे दुखद अवस्थामा अाफ्ना देशका नागरिकहरूकाे अवस्थालार्इ निगरानीमा राख्न सबै देशहरूले बिभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन । नेपाल सरकार तथा मातहतका निकायहरूबाट पनि बैदेशिक राेजगारीकालागी बिभिन्न देशमा रहेका नेपालीहरूकाे अवस्थालार्इ मध्य नजर गर्दे कसरी सहज र छिटाे अाफ्ना नागरिक नजिक पुग्न सकिन्छ भनेर अनलार्इन मार्फत बिदेशमा रहेका अाफ्ना नागरिकहरूकाे बिवरण लिन थालेकाे छ। यहि क्रमलार्इ निरन्तरता दिदै नेपाली राजदुताबास र्इजरायलले पनि अाफ्ना मतहतमा रहेका इजरायल र सार्इप्रसमा कार्यरत नेपालीहरूकाे ब्यक्तीगत  बिबरण अनलार्इन मार्फत संकलन शुरू गरेकाे छ । कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन सुरु गरेको हाे । 

याे विषम परिस्थितिमा नेपाली राजदुताबास इजरायल लगाएत बिभिन्न देशमा रहेका कुटनितिक नियाेगकाे सुचनालार्इ अाधार मानी अाफ्नाे बिवरण अनलार्इन मार्फत उपलब्ध गरार्इ दिन अनुरेाध गरेकाे छ । यसरी अनलार्इन मार्फत अाएका ब्यक्तीगत बिवरण केवल  नेपाली राजदुताबास सँग मात्र हुने भएकाले कसैले दुरूपयाेग गर्न नसक्ने नेपाली राजदुताबास र्इजरायलले बताएकाे छ ।

फारम भर्नकाे लागी याे लिंकमा थिच्नु हाेला ।

Emergency Registration Form

नेपाली राजदुताबासले माग गरेकाे बिवरणहरूमा

ईजरायल तथा साईप्रसमा रहने नेपालीहरुको लागि दुताबासले सार्वजनिक गरेकाे सुचना 

अहिले विश्वभर Pandemic का रुपमा फैलिरहेको कोरोना भाईरसको बारेमा र यसका नकारात्मक प्रभावका बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ । यस्तो अवस्थामा हाल ईजरायल तथा साईप्रसमा रहनु भएका सबै नेपालीहरुलाई परेका नकारात्मक प्रभावका बारेमा, समस्या समाधानका बारेमा र अब पर्ने समस्याहरुका लागि तयारी गर्न पनि सहयोग पुराउनका लागि सबै नेपालीहरुको विवरण आवश्यकता पर्दछ । दूतावासमा दुवै देशमा रहनुहुने नेपालीहरुको विवरण रहेको तर बिचमा आउने र क्यान्सेल भई नेपाल जाने क्रम रहेकोले विश्वसनीय जानकारि छैन ।
अत: यस कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन सुरु गरेको छ ।
त्यसैले तल दिएको लिङ्क खोलेर अनलाईन रजिष्ट्रेसन फाराम भरी दूतावासको यस अभियानमा साथ दिनुहोला ।
भिसा भएका वा नभएका जुनसुकै अवस्थामा ईजरायल तथा साईप्रसमा रहेकालाई यो फाराम भर्न आग्रह गर्न चाहन्छौै ।
ईजरायलमा रहनुभएका केहि नेपालीहरुले हेलचेक्राई गरेर ईन्सुरेन्स नगरेको जानकारीमा आएकाले यथाशिघ्र ईन्सुरेन्स कम्पनीमा सम्पर्क गरी बीमा गर्न पनि आग्रह गर्दछौं ।
यस्तो विषम परिस्थितिमा अनेकन समस्या आईपर्न सक्ने हुनाले ‍‍‍‍‍‍एनआरएनए ईजरायल तथा साईप्रसलाई ति दुवै देशमा रहेका विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी प्रतिकुल अवस्थामा पर्ने जुनसुकै स्थितिका लागि तयार रहन आग्रह गर्दछौं ।
र, ईजरायल तथा साईप्रसस्थित विभिन्न संघसंस्थाहरु तथा मिडियाकर्मीहरुलाई यो सूचनालाई यी देशमा रहनुभएका सम्पूर्ण नेपाली समक्ष पुराउनुहुन र फाराम भर्न नजान्नेहरुलाई सिकाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
यसरी फारम भर्दा तपाइले प्रदान गरेको ब्यक्तिगत विवरण गोप्य र सुरक्षित रुपमा दूतावाससङग मात्रै रहने ब्यहोरा पनि जानकारी गराउछौ।

डा. अन्जान शाक्य
राजदूत
तथा नेपाली राजदूतावास परिवार, तेल अबिब
(कोहि नछुटौं, कोहि नदोहोरियौं । )

फारम भर्नकाे लागी याे लिंकमा थिच्नु हाेला ।

Emergency Registration Form

 

(पुनश्च: ईजरायल तथा साईप्रसमा कार्यरत रहेर हाल बिदामा नेपाल गई कार्यरत देशमा फर्कन नपाएकाहरुले पनि यो फारम अनिवार्य भर्नुहोला र अन्तिममा हामीलाई केहि भन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा यसको जानकारी गराउनुहोला । )

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम