भण्डारी दम्पत्तिको हत्या छोराबाट भएको खुलासा

179

काठमाडौ, चैत्र ३ । कञ्चनपुरमा १८ दिन अघि भएको दम्पत्तिको हत्या आफ्नै छोराबाट भएको खुलासा भएको छ । ५२ वर्षिय जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारीको फागुन १्र५ गते आफ्नै घरमा हत्या भएको थियो । भण्डारी दम्पत्तिको हत्या आफ्नै छोराले गरेको अनुसन्धानबाट खुलेको हो ।

कञ्चनपुर प्रहरीले उनीहरुकै छोरा भरत भण्डारीलाई पक्राउ गरेपछि सो कुरा पुष्टि भएको हो । जयलालले जेठी पत्नीको निधन पछि दोस्रो विवाह गरेका थिए । उनीहरुबाट छोरीको जन्म भएको थियो । बाबुले दोस्रो विवाह गरेपछि भरत रुष्ट भएका थिए । जेठी पत्नीबाट भरत सहित दूई छोरा थिए ।

प्रहरीले घटनास्थलबाट हेडफोन बरामद गरेको थियो । हेडफोनलाई नै महत्वपुर्ण आधार बनाएर प्रहरीले अनुसन्धान गरिरहेकोले भरतलाई पक्राउ गर्न सफल भएको हो । हेडफोन कम्पनी र भरतले बोकेको मोवाइलको कम्पनी एउटै भएको पाएपछि प्रहरीले उनीमाथी अनुसन्धान बढाएको थियो । डडेल्धुरा बस्दै आएका भरत मोटरसाइकलको ट्रायल दिन भन्दै महेन्द्रनगर फागुन १३ गते आएका थिए । १४ गते २ बजेतिर डडेल्धुरा जाने भन्दै फर्किएका र राती ८ बजेतिर बाबुको घर झलारी आई हत्या गरेको बताइएको छ । पहिला सौतेनी आमाको र पछि बाबुको हत्या गरेको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीको दुई हप्ताको लामो अनुसन्धान पछि आफ्नै छोराबाट हत्या भएको खुले पछि पक्राउ गरेको हो । भरतले बाआमाको हत्या गरेसंगै उनकी बहिनी तथा जयलालकी ६ महिने छोरी ममता समेत घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेको थियो । उक्त चोटले मस्तिष्कमा असर गरेको छ । छातिमा निमोनियाको संक्रमण भएको थियो अहिले भने शिशुको स्वास्थ सामान्य बन्दै गएको छ ।

धनाले सधै आफ्नै माइतिबाट नै दुध ल्याउने गरेकी थिइन् । फागुन १५ गते दुध लिन नआएकाले फुपुकी छोरी पार्वती रावल धनाको घरमा पुगेकी थिइन्, उनले श्रीमान श्रीमती नै रक्ताम्य अवस्थामा देखेकी थिइन् । दुवैजनाको घाँटी र टाउकोमा प्रहार गरी हत्या गरिएको थियो । मृतकका छ महिने छोरी चिच्याउँदै कराइरहेकी थिइन् ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम