शेर्पा संघको बागमती प्रदेश समितिद्वारा ३ दिने विदा माग

42

नेपाल शेर्पा संघको बागमती प्रदेश समितिले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समक्ष आउँदै गरेको ल्होसार पर्वमा ३ दिन सार्वजनिक विदा माग राख्दै ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेशमा सबै जिल्लामा शेर्पा समुदायको बसोबास रहेको उल्लेख गर्दै परम्परागत चाडको रुपमा मनाउँदै आएको शेर्पा समुदायको सबैभन्दा ठूलो पर्व ल्होसारको संरक्षण र प्रवद्र्धनका लागि समेत कम्तिमा ३ दिन बिदा दिनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको शेर्पा संघको बागमती प्रदेश समितिका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

त्यस्तै प्रदेश संघीय तथा प्रदेश सरकारले गर्ने विभिन्न कार्यक्रममा खादा भन्दै ढाकाको गलबन्दी प्रयोग गर्ने गरिएको प्रति पनि आपत्ति जनाउँदै त्यस्तो कार्य नगर्न पनि समितिले आग्रह गरेको छ । संघीय वा प्रदेश सरकारलले हिमाली समुदायको सम्मानका लागि वास्तविक खादा नै प्रयोग गरिदिए समुदायका लागि ठूलो सम्मान हुने अध्यक्ष शेर्पाले बताए । तर ढाकाको गलबन्धीलाई खादा भन्नुको साटो जे नाम हो त्यही नै उच्चारण गरिदिन पनि अध्यक्ष शेर्पाले अनुरोध गरे ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम