गौरीशंकरको मार्बु गाउँमा वाङ प्रवचन तथा विशेष सांस्कृतिक कार्यक्रम हुँदै,

18

गौरीशंकर गाउँपालिका वडा नं. ७ स्थित मार्बु गाउँमा दीर्घायू अभिषेक (वाङ) आयोजना गरिने भएको छ । च्याग फो चिवा लो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा गरिन लागिएको उक्त दीर्घायू अभिषेक फागुन १४ गते हुँदैछ । अभिषेकका तथा प्रवचनका लागि सिक्किमबाट टुल्कु छिरिङ दोर्जे रिन्पोछे उपस्थित हुने गौरीशंकर गाउँपालिका वडा नं. ७ का अध्यक्ष आङ दोर्जे शेर्पाले बताए ।

कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष तथा धर्मगुरु आचार्य नुर्बु शेर्पा खेन्पो पेम छिरी शेर्पा पनि सहभागि हुने अध्यक्ष शेर्पाले जानकारी दिए । वाङ कार्यक्रममा विहान ८ देखि १२ बजेसम्म ल्हासो पूजा तथा वाङ एवम् प्रवचनको तालिका रहेको छ ।

वाङ कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ गर्दैछन् । मन्त्री गुरुङबाहेक कार्यक्रममा संघीय सांसद जिपछिरिङ लामा, शान्ती पाख्रिन, बागमती प्रदेश सांसद पशुपति चौलागाई, विशाल खड्का, आङदेण्डी शेर्पा, सरस्वती बस्नेत, हिमाली गोले, रचना खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्लामा सुरक्षा निकायका प्रमुख, ९ वटै स्थानीयका प्रमुख तथा वडाध्यक्ष लगायतको पनि सहभागिता रहने छ ।

दीर्घायू वाङ तथा प्रवचन पछि विविध सांस्कृतिक कार्यक्रम तथा डिजे सेसन समेत हुने वडाध्यक्ष आङ दोर्जे शेर्पाले बताए । सांस्कृतिक कार्यक्रममा रोज मोक्तान, गम्बु शेर्पा, लाकफुरी शेर्पा, टासी शेर्पा, दिपेश गुरुङ डिजे तेन्जिङ शेर्पा लगायतका कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रमको आयोजक छम्बा गुम्बा व्यवस्थापन समिति रहेको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम