मन्त्री भट्टरार्इ र्इजरायलमा,तेलअभिवमा हुने”Nepal Evening 2020″मा सहभागी हुन सबैमा अाग्रह

148

हाम्राे पेज तेलअभिव :र्इजरायल सरकारका पर्यटन मन्त्री मा. यारिभ लेभिनकाे निमन्त्रणामा २६ अाै अन्तराष्ट्रिय भुमध्य पर्यटन प्रर्दशनी  (IMTM – International Mediterranean Tourism Market) अवलाेकन तथा  नेपाली राजदुताबास इजरायल र पर्यटन बाेर्डकाे सहकार्यमा अायाेजित नेपाली पर्यटन प्रबर्द्धन “Nepal Evening 2020” कार्यक्रममा सहभागि हुनका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई साेमबार राती इजरायल अाइपुग्नु भएकाे छ  ।

मन्त्री भट्टरार्इ लगाएत IMTM – International Mediterranean Tourism Market मा सहभागी बन्न नेपालबाट अाउनु भएका पाहुनाहरूलार्इ इजरायलका लागी नेपाली राजदुत अन्ञ्जान शाक्य सहित नेपाली राजदुताबास इजरायलका पदाधिकारीहरूले तेलअभिवमा रहेकाे बेनगुइराेन अन्तराष्ट्रिय बिमान स्थलमा स्वागत गर्नु भएकाे थियाे ।

अाजबाट तेलअभिवमा शुरू हुने आईएमटीएम इजरायलको पर्यटन व्यापार बजारका लागि एकमात्र अाधिकारिक प्रदर्शनी हो ।  वि्श्व भरका पर्यटन व्यवसायीहरुलाई एकीकृत गरी पर्यटन बजारमा एकआपसमा सहकार्य गराउने उद्देश्यले आयोजना गरिएको सो मेलाको उद्घाटन अाज अपरान्ह तेलअभिवमा हुदै छ । साेहि अवसर पारेर मन्त्री भट्टरार्इले र्इजरायल सरकारका अन्य मन्त्री लगाएत इजरायली पर्यटन ब्यवसायीहरू संग भेटघाट गर्ने राजदुताबास श्राेतले जानकारी दिएकाे छ ।

अन्तराष्ट्रिय भुमध्य पर्यटन प्रर्दशनी  (IMTM – International Mediterranean Tourism Market) काे अबलाेकन  पश्चात नेपाली राजदुताबास इजरायलले visit Nepal 2020 काे प्रचार प्रसारकाे क्रममा फेब्रुअरी १३ तारिख साझ ७ बजे तेलअभिवकाे सिनेमा सिटिमा हुने “Nepal Evening 2020” मा मन्त्री भट्टरार्इले visit Nepal 2020 काे बारेमा बिषेश सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । र्इजरायल सरकारका विशिष्ट प्रतिनिधी लगाएत स्थानिय पर्यटन ब्यवसायी,हाेटल ब्यवसायी, ट्राभल एजेन्सीहरुका सन्चालक तथा प्रतिनिधीहरूकाे सहभागिता रहने साे कार्यक्रममा नेपाली कला, सस्कृती,पर्यटकिय स्थलहरूका बारेमा बिषेश कार्यक्रम प्रस्तुत गरिने छ ।यसै क्रममा नेपाली राजदुताबास इजरायलले इजरायलमा रहकाे नेपालीहरूमा “Nepal Evening 2020” सहभागिता जनाउन एक सुचना प्रकाशित गरेकाे छ ।

र्इजरायलकाे कार्यक्रम सकेर मन्त्री भट्टरार्इ  नेपाली राजदुताबास र्इजरायल र सार्इप्रस स्थित अबैतानिक बाणिज्य दुताबास तथा एन अार एन ए सँगकाे सहकार्यमा सार्इप्रसमा हुने visit Nepal 2020 समुद्धाटन कार्यक्रममा सरिक भएर फेब्रुअरी १५ तारिख  नेपाल फर्कने कार्यक्रम रहेकाे राजदुताबास श्राेतले जनाएकाे छ।  ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम