तेलअभिवमा श्री स्वस्थानी ब्रतकथा समापन तथा महा-शिवरात्री विशेष कार्यक्रम हुदै

136

हाम्राे पेज तेलअभिव : हिन्दु जागरण नेपाल अभियान इजरायलले तेलअभिवमा  श्री स्वस्थानी ब्रतकथा समापन (साँग्य) तथा महा-शिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ ।

यहि शुक्रबार तेलअभिवकाे हार्चियोन मार्गमा रहेकाे वलसोन ६६ मा रहेकाे एक हलमा हुने  स्वस्थानी ब्रतकथा समापन (साँग्य) तथा महा-शिवरात्री विशेष कार्यक्रममा हिन्दु जागरण नेपालका गुरू पंडित भिम प्रसाद पाैडेलबाट अाध्यात्मिक प्रवचन हुने अायाेजकले बताएकाे छ ।

“धर्म द्वारा समाजको रुपान्तरण, धर्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपालको मैालिक धर्म संस्कार र संस्कृति संरक्षणको जगेर्ना गर्ने उद्देश्य सहित   बैदेशिक राेजगारीका लागी र्इजरायलमा कार्यरत हिन्दु धर्म प्रति अास्था राख्ने नेपालीहरूकाे सक्रियतामा स्थापना गरिएको हिन्दु जागरण नेपाल अभियान इजरायल बिगत देखि बिभिन्न धार्मिक कार्यक्रमहरूकाे अायाेजना गर्दे अाएकाे छ ।

सप्ताहान्त बिदालार्इ मध्य नजर गर्दे अायाेजना गरिएकाे श्री स्वस्थानी ब्रतकथा समापन (साँग्य) तथा महा-शिवरात्री विशेष कार्यक्रम साँझ ५ बजे सुरु हुने छ । कार्यक्रमको पहिलो चरणमा शिवरात्री पुजा तथा स्वस्थानी साङ्गे समापन कार्यक्रम र दोस्रो चरणमा मिठा-मिठा धार्मिक भजन तथा केहि धार्मिक नृत्यहरु राती  साढे ११ बजे सम्म प्रस्तुत गरिने अायाेजकले   जनाएको छ । कार्यक्रममा उपस्थित भई भजन, कृतन लगायत विविध धार्मिक गतिविधीहरूमा सामेल हुनुको साथै प्रसाद ग्रहण गरी धार्मिक लाभ लिनुहुन समस्त इजरालवासी नेपालीहरूलाई हिन्दु जागरण नेपाल अभियान इजरायलले अनुरोध गरेको छ ।

 

 

 

 

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम