“दाेहाेरी साझ २०७६”का लागी कृष्ण कंडेल र जेरी बिहिबार इजरायल अाइपुग्ने

148

हाम्राे पेज : “शिक्षा बाट बञ्चित बाल बालिकाको” सहयोगार्थ सलोम नेपाल मुभमेन्ट सोसाइटी इजरायलले अायाेजना गरेकाे लाेक “दाेहाेरी साझ २०७६” मा सहभागी हुन चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता,सामाजिक अभियान्ता  कृष्ण कंडेल र चर्चित दोहोरी गायिका बबिता बानिया “जेरी”यहि बिहिबार साझ इजरायल अार्इपुग्ने भएका छन् । अायाेजक सलोम नेपाल मुभमेन्ट सोसाइटी इजरायलले दिएकाे जानकारी अनुसार  बिहिबार बिहान  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमान्डौबाट १०.२५ इन्डियन एअर्र्लाइन्स मार्फत भारतहुदै इजरायलको बेनगुइराेन बिमान स्थलमा साझ ७.२५ बजे  अाइपुग्ने छ । 

शुक्रबार तेलअभिवकाे केन्द्रिय बस पार्क तेलअभिवकाे एभरेष्ट डिस्काेमा भ्यालेन्टाइन्स डे (प्रेम दिवश)को अवसर पारेर आर्थिक स्तर अत्यन्तै कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव बाल बालिकाहरुको सहयोगकोलागि सलोम नेपाल मुभमेन्ट सोसाइटीले इजरायलले  “लाेक दाेहाेरी साझ २०७६”काे अायाेजना गरेकाे हाे ।  पछिल्लो समय लोकप्रेमी नेपालीहरुको मनमुटुको ढुकढुकी, नेपाली मौलिक लोक सांस्कृतिक सन्देसकर्ता,आँसु गायक, प्रेरणादायी र अनुकरणिय सामाजिक अभियन्ता, बरिष्ठ पत्रकार तथा ABC टेलिभिजन मार्फत प्रशारण हुने इन्द्रेणी कार्यक्रमका प्रमुख निर्देशक  कृष्ण कंडेल र लोक दोहोरी गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय लाजिम्पाट समितिकी प्रवक्ता समेत रहेकी बबिता बानिया “जेरी”काे बिषेश प्रस्तुती रहने साझमा स्थानीय कलाकारहरुकाे पनि प्रस्तुती रहने छ । साथमा कार्यक्रमकाे छायाँकनका लागी प्राबिधिक नबिन सिग्देलकाे पनि सहभागिता हुने छ ।

सामाजिक कार्यमा क्रियासील सस्थाहरु तथा इजरायली नागरीकहरुकाे समेत सहभागी रहने “लाेक दाेहाेरी साझ २०७६”मा   नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धनलाई ब्यापक पार्न बिभिन्न प्रचारात्मक कार्यक्रम सहित १५ फेब्रुअरी २०२० सनिबार जेरुसलमको बेतलेखेम र संसारकै होचो स्थान मृत सागर (Dead sea )मा भ्रमण कार्यक्रम राखिएकाे अायाेजकले बताएकाे छ ।

कार्यक्रमलार्इ भव्य रूपमा सफल बनाउन  इजरायलमा क्रियाशिल सम्पुर्ण राजनीतिक संगठन सामाजिक तथा धार्मिक, संघ संस्थाहरु जातीय संघ सस्था कला तथा साहित्य सस्थाहरु, पत्रकार लगायत सम्पूर्ण इजरायलमा कार्यरत नेपाली हरुलाई सहभागिताकाे लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम