पुर्व राजदुत गेदरकाे भ्रमण बर्ष सफल बनाउन सक्दाे सहयाेग गर्ने बचन बद्धता

40

हाम्राे पेज तेलअभिव : बैदेशिक राेजगारिका लागी बिगत लामाे समय देखि र्इजरायलमा कार्यरत रहि बिभिन्न संघ सस्थाहरूमा अावद्ध रहदै सामुहिक कार्यमा सक्रिय तेन्जिन शेर्पाले भिजिट नेपाल २०२० काे प्रचार प्रसार गर्ने क्रममा जेरुशलेमको मोदिनमा नेपालका लागि पूर्व महामहिम खानेन गेदेर सँग भेट गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत जानकारी गराउदै शेर्पाले नेपालका लागी र्इजरायलका पुर्व मा. राजदुत खनेन गेदेर सँगकाे छेाटाे भेटमा भ्रमण बर्ष २०२० लार्इ सफल बनाउन सहयाेग गरि दिन अाग्रह गरिएकाे बताएकाे छ । भेटका क्रममा शेर्पाले भिजिट नेपालका प्रचार सामाग्री हस्तान्तरण गरेका थिए । पुर्व राजदुत गेदेरलेअाफु छिट्टै नेपाल भम्रणका लागी जाने तेयारी रहेकाे भन्दै भ्रमण बर्ष सफल बनाउन सक्दाे सहयाेग गर्ने बचन बद्धता ब्यक्त गर्नु भएकाे शेर्पाले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन । भम्रण बर्ष २०२० कै प्रचार प्रसार गर्ने क्रममा तेन्जिन शेर्पाले सञ्चालन गरेकाे खबर बिहानी अनलाइन मिडिया र रूद्र मिडिया प्रा.ली द्वारा सञ्चालित बुद्ध सन्देश डटकमकाे सयुक्त अायाेजनामा  प्रेम दिवस (Valentine Day) अवसर पारेर नेपालका चर्चित कलाकारहरूकाे साथमा साँगितिक धमाका २०२० काे अायाेजना गरेकाे छ ।

हास्य कलाकार राजा राजेन्द्र पाेखरेल ,नेपाल अार्इडल रबि अाेड,चर्चित गायक अमृत खाती, बैकुण्ठ महत लगाएत पुरूषाेतम पाैडेलकाे बिषेश प्रस्तुती रहने साँगितीक धमाका २०२० बाट संकलित रकम बिपन्न बालबालिकाहरूलार्इ उपलब्ध गरार्इने अायाेजक तेन्जीन शेर्पाले बताउनु भयाे ।

कार्यक्रम यहि फ्रेबुअरी १४ तारिख शुक्रबार तेलअभिव नजिकै रहेकाे बेतबारबर हा हागाना मा साझ ७ बजेबाट शुरू हुने छ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम