IMTM र “Nepal Evening 2020″मा सहभागी हुन मन्त्री योगेश भट्टराई इजरायल अाउनु हुदै

243

हाम्राे पेज तेलअभिव :र्इजरायल सरकारका पर्यटन मन्त्री मा. यारिभ लेभिनकाे निमन्त्रणामा २६ अाै अन्तराष्ट्रिय भुमध्य पर्यटन प्रर्दशनी  (IMTM – International Mediterranean Tourism Market) अवलाेकन तथा  नेपाली राजदुताबास इजरायल र पर्यटन बाेर्डकाे सहकार्यमा अायाेजित नेपाली पर्यटन प्रबर्द्धन “Nepal Evening 2020” कार्यक्रममा सहभागि हुनका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई इजरायल अाउनु हुने भएकाे छ  ।

आईएमटीएम इजरायलको पर्यटन व्यापार बजारका लागि एकमात्र अाधिकारिक प्रदर्शनी हो ।  वि्श्व भरका पर्यटन व्यवसायीहरुलाई एकीकृत गरी पर्यटन बजारमा एकआपसमा सहकार्य गराउने उद्देश्यले आयोजना गरिएको सो मेलाको उद्घाटन कार्यक्रम यहि फेब्रुअरी ११  तारिख तेलअभिवमा हुदै छ । साेहि अवसर पारेर मन्त्री भट्टरार्इले र्इजरायल सरकारका अन्य मन्त्री लगाएत इजरायली पर्यटन ब्यवसायीहरू संग भेटघाट गर्ने राजदुताबास श्राेतले जानकारी दिएकाे छ ।

अन्तराष्ट्रिय भुमध्य पर्यटन प्रर्दशनी  (IMTM – International Mediterranean Tourism Market) काे अबलाेकन  पश्चात नेपाली राजदुताबास इजरायलले visit Nepal 2020 काे प्रचार प्रसारकाे क्रममा फेब्रुअरी १३ तारिख साझ ७ बजे तेलअभिवकाे सिनेमा सिटिमा हुने “Nepal Evening 2020” मा मन्त्री भट्टरार्इले visit Nepal 2020 काे बारेमा बिषेश सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । र्इजरायल सरकारका विशिष्ट प्रतिनिधी लगाएत स्थानिय पर्यटन ब्यवसायी,हाेटल ब्यवसायी, ट्राभल एजेन्सीहरुका सन्चालक तथा प्रतिनिधीहरूकाे सहभागिता रहने साे कार्यक्रममा नेपाली कला, सस्कृती,पर्यटकिय स्थलहरूका बारेमा बिषेश कार्यक्रम प्रस्तुत गरिने छ । र्इजरायलकाे कार्यक्रम सकेर मन्त्री भट्टरार्इ  नेपाली राजदुताबास र्इजरायल र सार्इप्रस स्थित अबैतानिक बाणिज्य दुताबास तथा एन अार एन ए सँगकाे सहकार्यमा सार्इप्रसमा हुने visit Nepal 2020 समुद्धाटन कार्यक्रममा सरिक भएर फेब्रुअरी १५ तारिख  नेपाल फर्कने कार्यक्रम रहेकाे राजदुताबास श्राेतले जनाएकाे छ।  ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम