तेलअभिवमा सनरार्इज बैककाे अन्तर्किया,बैकिंङ समस्या र सामाधानबारे छलफल

223

हाम्राे पेज तेलअभिव : सनराइज बैक लिमिटेड प्रधान कार्यालय काठमाण्डाैकाे एक प्रतिनिधि मण्डलले अाज तेलअभिवमा  अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । तेलअभिवकाे सत्य सार्इ केन्द्रकाे कार्यालयमा भएकाे साे कार्यक्रममा सनराइज बैक लिमिटेड प्रधान कार्यालय काठमाण्डाैका मुख्य कार्यकारी अधिकारी (Chief Executive Officer) जनक शर्मा पाैड्याल र Head Remittance Department प्रबिन अाचार्यकाे सहभागितामा सम्पन्न अन्तर्किया कार्यक्रममा बैदेशिक राेजगारिका लागी इजरायल लगाएत विश्वकाे कुनै पनि देशमा कार्यरत नेपालीहरूकाे अर्थ ब्यवस्थालार्इ ब्यवस्थित गर्न नेपाल सरकारले पछिल्लेा समयमा सुचारू गरिरहेकाे बैकिँग नियमलार्इ सबैले कडार्इका साथ अँगाल्नु पर्ने मुख्य कार्यकारी  अधिकारी (Chief Executive Officer) जनक शर्मा पाैड्याल बताउनु भयाे । गलत बाटाे प्रयाेग गरि नेपालमा रकम पठाउदा कुनै प्रमाण नहुने भएकाेले कुनै पनि परियाेजना या ब्यवसाय सञ्चालन गर्न  बिभिन्न झन्जटिलाे समस्या बेहाेर्नु पर्ने भएकाले दुख गरि कमाएकाे रकमलार्इ नियमानुसार बैकिङ माध्यमबाट नै रकम पठाउनु अाग्रह गर्नु भयाे । बिगत लामाे समय देखि र्इजरायलकाे तेलअभिवमा सञ्चालनमा अाएकाे सनरार्इज बैककाे कार्यालय यथावत रूपमा तेलअभिवमा नै रहेकाे सबैमा जानकारी गराउदै Chief Executive Officer जनक शर्मा पाैड्यालले भन्नु भयाे । पछिल्लाे समय सामान्य समस्या देखिए पनि चाडै ति समस्याकाे समाधान गरिने बताउनु भयाे ।

इजरायल लगाएत विश्वकाे कुनै पनि स्थानमा रहेर सनरार्इज बैकका ग्राहकहरूलार्इ केही समस्या परेका याे फेसबुक लिँक मार्फत समस्या राख्न पनि अाग्रह गर्नु भयाे :     https://www.facebook.com/Sunrisebank.ltdisrael/  :। ग्राहकलार्इ परेकाे समस्या चाडै सम्बन्धित पक्ष सम्म पुगेमा समस्या समाधानका लागी अापसी सरसल्लाहले सहजता ल्याउने भएकाेले यथा सिध्र जानकारी गराउन अाग्रह गर्नु भयाे ।

कार्यक्रमकाे अन्तमा  Chief Executive Officer जनक शर्मा पाैड्यालले इजरायलमा कार्यरत नेपालीहरूले खाता खाेल्न, बैककाे बारेमा बुझ्न लागएत केही समस्या भए तेलअभिवमा रहेकाे सनरार्इज बैककाे कार्यालयमा याे साता भरि सम्पर्क गर्न पनि अाग्रह गर्नु भयाे ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम