दशरथ रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी

10

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको हो ।

नेपालका कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा गोल गरेका थिए । उनले‌ पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपाल अन्तिम ९० मिनेटमा सम्हालिन सकेन । र श्रीलंका मोहम्मद अकिबले ९१ मिनेटमा फ्रिकिकमार्फत गाेल गर्दै खेललाई बराबरीमा रोक्न सफल भए ।

 

राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन्।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम