NRNA-NCC इजरायलले डिसेम्बर १४ मा वृहत अन्तरक्रियात्मक कार्यक्रम गर्दे

21

 हाम्राे पेज तेलअभिव :  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले बिगतका कार्यकालहरुमा आर्थिक हिसाव कितावको विषयमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्ने उद्देश्यले वृहत अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।

यहि १४ डिसेम्वर शनिवारका दिन गैर आवासिय नेपाली संघ इजरायलको सचिवालयमा हुने अन्तरक्रियात्मक कार्यक्रममा   निवर्तमान पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, इजरायलमा क्रियाशिल विभिन्न संघ संस्थाका अध्यक्ष   तथा प्रतिनिधी, इजरायलमा रहेका संचारकर्मी तथा सरोकारवाला समाजसेवीहरुको सहभागिताकाे लागी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायले अाग्रह गरेकाे छ ।
१४ डिसेम्वर शनिवार दिउसो ठिक साढे १ बजेबाट एनआरएनए इजरायलको सचिवालयमा आयोजना गरिने साे अन्तरक्रियात्मक कार्यक्रममा इजरायलमा रहनुहुने जो कोही सरोकारवाला नेपालीहरु सहभागी हुन सक्ने संघले जनाएको छ ।
संघले संस्थाको आर्थिक गतिविधिहरुको विषयमा सामाजिक संजालहरु लगायत सरोकारवालाहरुले समेत सम्पर्क गरी प्रश्नहरु उठाउदै आइरहेकोले त्यसलाई स्पष्ट पार्न भनी गत साता एउटा प्रेस विज्ञप्ति समेत जारी गरेको थियो । साथै संबन्धीत ब्यक्ती र संध संस्थाका प्रतीनिधीहरुलाइ अनीबार्य उपस्थितीका लागी पत्र पठाईने प्रवक्ता भाेजराज क्षेत्रीले बताउनु भयाे  ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम