तेलअभिवमा”माघ्या सकराटी” मनाउने तैयारी, गायक टंक बुढाथोकी र मनोज थापा अाउने

64

हाम्राे पेज तेलअभिव : नेपाल मगर संघ शाखा इजरायल बृहत रूपमा नेपालीहरुको राष्ट्रिय चाड “माघ्या सकराटी” मनाउने तैयारी थालेकाे छ । नेपाल मगर संघ इजरायलले जारि गरेकाे बिज्ञप्ती अनुसार यहि जनवरी १७ तारिख शुक्रबार तेलअभिव स्थित हगाना बेईत बरबुर 135 मा रहेकाे हलमा चर्चित गायक टंक बुढाथोकी र मनोज थापा मगरको साथमा स्थानीय कलाकारहरुको  धमाकेदार साँगितिक प्रस्तुति संगै “माघ्या सकराटी साङ्गितिक साँझ २०७६ ” काे अायाेजना गरेकाे जनाएका छन् । तेलअभिवकाे लेवन्स्की पार्कबाट कार्यक्रम स्थल सम्म निशुल्क यातायात सेवा सन्चालन गरि दर्शकहरूलार्इ सहज रूपमा जाने ब्यवस्था गरेकाे बताइएकाे छ ।

 

अायाेजक सस्था नेपाल मगर संघ मार्फत प्राप्त बिज्ञप्तीकाे पुर्णपाठ 

हार्दिक निमन्त्रणा !हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !**

झोर्ले 🙏

“माघ्या सकराटी साङ्गितिक साँझ २०७६ ”

नेपालीहरुको राष्ट्रिय चाड “माघ्या सकराटि”को पाबन अबसरमा नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा यहि आउदो मिति 17 जनवरी 2020 शुक्रबारको दिन तेलभिब स्थित हगाना बेईत बरबुर 135 को हलमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु टंक बुढाथोकी र मनोज थापा मगरको साथै स्थानीय कलाकारहरुको साथमा धमाकेदार प्रस्तुतिहरु सहित “माघ्या सकराटी साङ्गितिक साँझ २०७६ “हुन गईरहेको हुँदा इजरायलमा रहनुहुने सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागी सादर निमन्त्रणा गर्दछौ।जीवन रहुन्जेल नै हो रमाईलो गर्ने तसर्थ यो सुनौलो अबसरबाट कोहि पनि नछुटनको लागी आव्हान गर्दै समयमै टिकट बुक गरि आफ्नो सिट सुरक्षित राख्नु होला ।जिलौ ।

मिति – 17 जनवरी 2020 शुक्रबार
स्थान -हगाना बेईत बरबुर 135 ,तेलभिव
समय – साँझ 7:00 बजे

नोट – तेलभिव पार्कबाट कार्यक्रम स्थलसम्म जानको लागि निशुल्क यातायातको ब्यबस्था गरिएको छ

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम