डिसेम्बर २० तारिख शुक्रबार तेलअभिवमा “ख्रीष्टमस उत्सव २०१९” हुदै

70

हाम्राे पेज तेलअभिव :  ख्रीष्टमस उत्सव २०१९ काे पावन अबसरमा संयुक्त नेपाली मण्डली,र्इजरायलले बिभिन्न कार्यक्रम सहित “ख्रीष्टमस उत्सव २०१९” भव्यताका  साथ मनाउने तैयारी सुरू गरेकाे छ ।

बैदेशिक राेजगारीका लागी नेपाल लगाएत भारतका बिभिन्न स्थानबाट र्इजरायल अाएका नेपालीहरूकाे सयुक्त प्रयाशमा स्थापित सयुक्त नेपाली मण्डली, र्इजरायलले बिगतका बर्षहरू झै  बिभिन्न कार्यक्रम सहित  “ख्रीष्टमस उत्सव २०१९” भव्य रूपमा मनाउने तैयारी शुरू गरेकाे अायाेजकले बताएकाे छ । तेलअभिवकाे लेवन्दा ३२ मा रहेकाे एक चर्चमाहुने “ख्रीष्टमस उत्सव २०१९” मा  मुख्य बक्ताकाे रूपमा अमेरीकाबाट पाष्टर निमा घिसिङकाे उपस्थिती रहने छ भने संयुक्त नेपाली मण्डली,र्इजरायलकाे  भजन मण्डलीबाट भजन लगाएत कलाकारकारहरूबाट सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने अायाेजकले बताएकाे छ ।  संयुक्त नेपाली मण्डली,र्इजरायलले इजरायलमा कार्यरत सबै जाती बर्ग धार्मिक संघ सस्था,राजनैतिक,सामाजिक ब्यक्तित्वहरूलार्इ सहभागिताका लागी अनुराेध गरेकाे छ । अायाेजकका अनुसार  0549553150 मा सम्पर्क गरि  थप जानकारीका  लिन सकिने  बताएकाे छ ।  कार्यक्रम डिसेम्बर २० तारिख शुक्रबार साझ ६ बजेबाट शुरूहुने छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम