नाइट क्लबमा रमाएका पूर्वराजा

51

विभिन्न उद्देश्यले देशविदेशको यात्रामा निस्कने पूर्वराजा ज्ञानेन्द्र शाहको रुची राजधानीका नाइ क्लब तथा लाउञ्जमा पनि देखिन्छ । केही समय अघि त्रिसरामा परिवार सहित पुगेर रमाइलो गरेका पूर्वराजा हिजो ठमेलस्थित एलओडी नाइट क्लब पुगे । मध्यरातमा क्लब पुगेका पूर्वराजाले त्यहाँ केही घण्टा बिताए ।

उनी पूर्वयुवराज्ञी हिमानी सहित केही साथीहरुसँग एलओडी पुगेका थिए । पूर्वराजपरिवारको सदस्य राती साढे ११ बजे एलओडी पुगेको सञ्चालकले बताएका छन् । पूर्वराजा एलओडीबाट करिब १ बजे फर्किएका थिए ।

पूर्वजानकारी बिना अचानक एलओडी पुगेका पूर्वराजाले रातो र चन्द्र सुर्य बोलको गीतमा नृत्य पनि गरेका थिए । पूर्वराजाले नृत्य गर्न थालेपछि त्यहाँ उपस्थित भएका सर्वसाधारणले फेसबुकबाट लाइभ समेत गरेका थिए ।

क्लबमै रहेका अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्माले हिमानी तथा प्रेरणासँग तस्विर समेत खिचाएका छन् ।

Photo : Facebook page of LOD

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम