यहि शुक्रबार तेलअभिवमा चलचित्र ” मेतोक ” प्रर्दशन गरिने

88

हाम्राे पेज तेलअभिव : ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित प्रेम कथामा अाधारित चलचित्र ” मेतोक ” इजरायलमा प्रर्दशन गरिने भएकाे छ । यहि शुक्रबार तेलअभिवकाे लेवन्दा मार्गमा रहेकाे एक हलमा प्रदर्शन गरिने चलचित्र  ” मेतोक ”लार्इ लामा ठिलेन ह्योल्मोले निर्देशक गरेका छन् । बिगत लामाे समय देखि राेजगारीका लागी इजरायलमा रहनु भएका सर्किनि ज्याबा ह्योल्मो  चलचित्र  ” मेतोक ”काे निर्माता रहेकाे ठिलेन इन्टरटेन्मेन्ट प्रा.लिले जानकारी दिएकाे छ । इजरायलमा चलचित्र  ” मेतोक ”काे प्रदर्शनका लागी ह्योल्मो समुदायको एक मात्रा साझा संस्था ह्योल्मो समाज इजरायलले ब्यबस्थापन र सहयोग गर्ने उल्लेख छ ।

ह्योल्मो भाषामा रहेको चलचित्र सब टाइटलमा खस नेपाली भाषामा ट्रान्सलेट पनि रहेको छ उक्त चलचित्र बिकास बोर्ड बाट नै अनुमति प्राप्त गरि सेन्सर बोर्ड बाट पास भै देश बिदेशमा प्रदर्शनको लागि तयार भैसकेको र नेपालमा गरिएको प्रथम शो मा निकै नै उत्कृस्ट रहेको प्रतिक्रिया पाएको चलचित्र हो ।  प्रदेशमा रहेर पनि आफ्नो जातिय भाषा कला र संस्कृतिलाइ श्रब्य दृष्यकाे रूपमा ह्योल्मो भाषामा चलचित्र निर्माण गरि भाषा सस्कृतीकाे उत्थान गर्न सकिन्छ भन्ने  एउटा उदाहरण स्वरुप यस चलचित्र प्रदर्शन गर्न लागिएको बताइएकाे छ । यस चलचित्र आदिवासी ह्योल्मो भाषामा रहेको र यसले आदिवासी जनजातिको गौरव बढाउने छ भन्ने अपेक्षा गरिएको छ ।

हार्दिक निमंत्रणा निमंत्रणा निमंत्रणा !!!
टाशीदेलेक !
१५ नोभेम्वर २०१९ शुक्रबार साँझ ८:३० बजे प्रथम ह्योल्मो चलचित्र ‘मेतोक’ तेल अभिवमा प्रदर्शन हुदैछ !
ठिलेन इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुति इजरायलमा कार्यरत ‘सर्किनि ज्याबा ह्योल्मो ‘ निर्मात्री रहेको लामा ठिलेन ह्योल्मो निर्देशक तथा नायक ओमु निमा ह्योल्मो नायिका रहेका ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित प्रेम कथानक चलचित्र ” मेतोक ” यहि नोवेम्वर १५ तारिख २०१९ शुक्रबार को साँझ तेल अविव स्थित लेबंदा ३२ को हलमा प्रदर्शन हुने भएको छ !
ह्योल्मो भाषामा रहेको चलचित्र सब टाइटलमा खस नेपाली भाषामा ट्रान्सलेट पनि रहेको छ उक्त चलचित्र बिकास बोर्ड बाट नै अनुमति प्राप्त गरि सेन्सर बोर्ड बाट पास भै देश बिदेशमा प्रदर्शनको लागि तयार भैसकेको र नेपालमा गरिएको प्रथम शो मा निकै नै उत्कृस्ट रहेको प्रतिक्रिया पाएको चलचित्र हो भने यस चलचित्र प्रदर्शनको लागि इजरायलमा रहेको ह्योल्मो समुदायको एक मात्रा साझा संस्था ह्योल्मो समाज इजरायलले ब्यबस्थापन गर्न सहयोग गर्ने भएको छ साथै प्रदेशमा रहेर पनि आफ्नो आदिवासि भाषा कला र संस्कृतिलाइ जोगाउन बिभिन्न माध्यम मद्धे चलचित्र निर्माण गरेर पनि उत्थान गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण स्वरुप यस चलचित्र प्रदर्शन गर्न लागिएको हो साथै यस चलचित्र आदिवासि ह्योल्मो भाषामा रहेको र यसले आदिवासि जनजातिको गौरव बढाउने छ भन्ने अपेक्षा गरिएको छ त्यसैले प्रदेशी भुमि बाट निर्मित चलचित्र मेतोक चलचित्रका टिम लाई हौसल्लाह प्रदान स्वरुप इजरायलमा कार्यरत नेपाली समुदाय र आदिवासि जनजाति संघ संस्थाहरु र अभियान्तहरु द्वारा यस चलचित्र हेर्नु हुनेछ र सहयोग पुराउनु हुनेछ र इजरायलमा क्रियाशील मिडियाहरुले प्रचार प्रसारमा सहयोग पुर्याई दिनु हुने छ भन्ने ह्योल्मो समाज इजरायल र मेतोक टिम पूर्ण आशावादी छौ !
अन्त्यमा नोभेम्बर १५ तारिख शुक्रबार मेतोक चलचित्रको पर्खाइमा रहनु भएका इजरायलमा कार्यरत सम्पूर्ण आम नेपाली समुदायमा छुट्टीको ब्यबस्थापन गर्दै गर्नु हुन विनम्र अनुरोध गर्द छौ !
थुज्येछे !
(मेतोक टिम इजरायल )
तथा
ह्योल्मो समाज इजरायल परिवार

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम