तेलअभिवमा “प्रबासी नेपालीको योगदान, बैदेशिक रोजगारी र चुनौती” बिषयक खुल्ला अन्तरक्रिया हुदै

40

हाम्राे पेज तेलअभिव :नेपाली जनसम्पर्क समिति इजरायलले खुल्ला अन्तरक्रिया कार्यक्रमकाे अायाेजना गरेकाे छ । तेलअभिवकाे यशोधामाला ४४ मा डिसेम्बर १३ तारिख गर्न लागेकाे खुल्ला अन्तरक्रिया कार्यक्रमकाे लागी नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य प्रदिप पौडेल पर्यटन व्यावसायि TAAN का पुर्व अध्यक्ष रमेश धमलाकाे र्इजरायल अाउने कार्यक्रम रहेकाे नेपाली जनसम्पर्क समिति इजरायलले जारी गरेकाे बिज्ञप्तीमा उल्लेख छ । “नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान, बैदेशिक रोजगारी र चुनौती”का सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम साझ ६ बजेबाट शुरू हुने भएकाेले इजरायलमा रहनु भएका  पेशाकर्मी, बिद्यार्थी, धार्मिक, राजनीतिक, सामाजिक व्यक्तीत्व र सम्पुर्ण इजरायलबासी दाजुभाइ तथा दिदिबहिनी हरुमा गरिमामय उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति इजरायलले  अनुराेध गरेकाे छ ।

नेपाली जनसम्पर्क समिति इजरायलबाटजारी बिज्ञप्तीकाे पुर्ण पाठ

इजरायलबासी आदरणीय दाजुभाइ तथा दिदिबहिनिहरुमा नमस्ते, जय नेपाल ।

नेपाली जनसम्पर्क समिति इजरायल परिवारले आउदो डिसेम्बर महिनाको 13 तारिखको दिन तेल अभिव स्थित यशोधामाला 44 मा (नेपालको समृद्धिमा प्रबासी नेपालीको योगदान, बैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काङ्ग्रेसको भुमिका बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम) नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य बौद्धिक, गतिशिल, युवाहरुको आदर्शका केन्द्र बिन्दु प्रखर बक्ता श्री प्रदिप पौडेल ज्युको प्रमुख आतिथ्यतामा र नेपाली काङ्ग्रेस धादिङका सभापति बौद्धिक तथा युवा नेता, प्रखर बक्ता, पर्यटन व्यावसायि TAAN का पुर्व अध्यक्ष श्री रमेश धमला ज्युको बिशिस्ट आतिथ्यतामा आयोजना हुन गैईरहेको बृहत कार्यक्रममा इजरायलमा रहनु हुने पेशाकर्मी, बिद्यार्थी, धार्मिक, राजनीतिक, सामाजिक व्यक्तीत्व र सम्पुर्ण इजरायलबासी दाजुभाइ तथा दिदिबहिनी हरुमा गरिमामय उपस्थितिको लागि सबिनय अनुरोध गर्दछौ ।
14 तारिख शनिबारको दिन नेपाल बाट आउनु हुने अतिथिको साथमा बेत्लेखेम र डेड सिको भ्रमण पनि आयोजना गरेको छौ भ्रमण जान इच्छुक साथिहरुले समयमा नै सम्पर्क गरेर आफ्नो सिट सुरक्षीत गर्न हुनपनि अनुरोध गर्दछौ ।
जय नेपाल ।
सम्पर्क ब्याक्तिहरु ।
खगेस्वर अधिकारी : 0542859476
दिपिका भुषाल : 0556698305
देबि खरेल पान्डे : 0549023020
नितु कार्की : 0539327839
सुर्य बहादुर राना : 0532358829
अनु थापा : 0559238706
इन्दिरा सुवेदी अधिकारि : 0546385292
भक्ती सापकोटा : 0584497788
डम्बर गुरुङ : 0584871863
कृष्ण ढकाल : 0539432506

राज छत्कुली
महामन्त्री
नेपाली जनसम्पर्क समिती इजरायल परिवार

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम