खसी माग्ने DSP बाटै असुरक्षित केशर खड्का काठमाडौमा ।

29

‘खसी माग्ने डिएसपीबाटै असुरक्षित भएँ’ भन्दै केशर खड्का काठमाडौंमा, वडा अध्यक्षकै मिलेमतोमा कीर्ते ! (भिडियो)

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. डिएसपी शाहीले ‘तिघ्रा छेडिदिन्छु’ भनेपछि मानव अधिकार आयोगको शरणमा पुगे खड्का !
कोहलपुर । नेपालगञ्ज कोहलपुरका तरुण दलका स्थानीय नेता केशर खड्काले खसी नदिएको निहुमा तिघ्रा छेड्दिने धम्की दिएको डिएसपी हेमबहादुर शाहीबाट आफू असुरक्षित भएको भन्दै काठमाडौं आइपुगेका छन् । उनले आफू असुरक्षित भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा निवेदन समेत दिइसकेका छन् ।

२. वडा कार्यालयको लापरवाहीका कारण डेढ बर्षदेखि अदालत धाउदै मगर
चितवन । चितवनको भरतपुर महानगरपालिका घर भएका मेघ बहादुर थापा मगर गैर आवसीय नेपाली हुन् । अहिले उनी जिल्ला अदालत चितवनमा ५ वटा शीर्षकमा मुद्दा झेलिरहेका छन् । जसको पछाडि भरतपुर महानगरपालिका–८ नम्बर वडा कार्यालयले गरेको कीर्ते जोडिएको छ । मेघ बहादुरका तीन दाजुभाई र चार दिदीबहिनी छन् । जसमा जेठी दिदीको बाहेक सबै दिदी बहिनीहरुको बिहे भइसकेको छ । वि.सं.२०५१ साल कात्तिक ६ गते बुवा जगबहादुर थापाले सबैलाई अंशबण्डा गरिदिएका थिए ।

३. चक्रवर्ती कलेजका कारण ३० जना विद्यार्थीहरुको भविष्य अन्यौलमा
काठमाडौं । भक्तपुरको चक्रवर्ती हवी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्सका सञ्चालकका कारण पिसिएल नर्सिङ अध्ययन गरिरहेका ३० छात्राको भविष्य अन्यौलमा परेको छ । चक्रवर्ती कलेजको नर्सिङ अध्यापनका लागि मापदण्ड नपुगेको भन्दै दुई बर्षअघि नै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले खारेज गरेपनि कलेजले अदालतबाट अन्तरिम आदेश लिएर कक्षा सञ्चालन ग¥यो । आदेशपछि भर्ना भइसकेका विद्यार्थीहरुले परीक्षा दिन पाए । तर, पछि कलेजले त्यही अन्तरिम आदेशका भरमा नयाँ विद्यार्थीलाई भर्ना सम्बन्धी सूचना निकाल्यो ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम